जालमा विशाल टुना



 

कार्डिफ, (एजेन्सी)
वेल्सको पामब्रोकेसरमा जालमा फसेको विशाल माछालाई देखेर माछा मार्न गएका ४९ वर्षीय एन्ड्रयु अलसोप आफैं चकित परेका छन्।

माछा समात्न नेल्यान्ड पुगेका अलसोपले उक्त माछाका लागि करिब सवा दुई घण्टा मेहनत गर्नुपर्यो। यो माछा करिब साढे सात फुट लामो र २ सय २६ किलोको थियो। यद्यपि यो लोपान्मुख टुना फिस भएकाले समुद्रमै छाडिदिए।
यस विषयमा उनले आफ्नो फेसबुकमा पोस्टमा लेखेका छन्– मैले सवा दुई घण्टा संघर्ष गरेर जीवनमै सबैभन्दा ठूलो माछा पक्रेँ। यो ब्लुफिन टुना वेल्सको समुद्रमा पक्रेको अहिलेसम्मकै सबैभन्दा ठूलो माछा हो।

आपूmहरू पाँचजनाको टोली सार्क समाउन गएको र ब्लुफिन टुना पक्रने कुनै मनसाय नभएको उनले लेखेको छ। करिब दुई घण्टा जाल बिछ्याएपछि एउटा माछा फसेको र देखेपछि त्यो विशाल टुना फिस भएको थाहा पाएको उनले बताए।

ब्लुफिन टुना संरक्षित प्रजातिको सूचीमा पर्छ र बेलायत सरकारले यसलाई पक्रन रोक लगाइराखेको छ। बेलायती समुद्र प्रबद्र्धन संस्थाका अनुसार यदि त्यसलाई गल्तीले समातेको भएपछि जीवित छोड्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्