टहरा भत्काउने काम तीव्र



 

नेपाल समाचारपत्र
काठमाडौं
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैधरूपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ। महाशाखाले सडक विभागसँग सहकार्य गरेर वसुन्धरा क्षेत्रको सडकका वरपर रहेका पाँच वटा घर–टहरा शनिबार हटाएको हो। साथै चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश्यक पार्किङस्थल हटाउनेलगायतका काम गरेको छ।

यो अभियानको पहिलो चरणमा महाराजगन्जचोकदेखि कलंकीसम्म सञ्चालन गरिने र विस्तारै अन्य ठाउँमा पनि लगिने छ। गत हप्तादेखि शुरु भएको यो अभियानमा जनप्रतिनिधि, स्थानीयबासी, विभिन्न स्कुल तथा कलेजका विद्यार्थीलेसमेत साथ दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्