श्रीमन्नारायण
मैथिली भाषाका महाकवि विद्यापतिको जन्म वि.सं. १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभ·ा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो। कार्तिक धवल (शुक्ल) त्रयोदशीमा उनको जन्म भएको थियो। विद्यापति जन्मेको गाउँ विसफीमा प्रत्येक वर्ष विद्यापति स्मृति दिवस मनाइन्छ। कवि कोकिल विद्यापतिलाई भारतको विहार, पश्चिम ब·ाल प्रान्त तथा हाम्रो देश नेपालले पनि आफ्नो देशको राष्ट्रिय विभूतिको रुपमा सम्मान दिँदै आएको छ र धरोहरको रुपमा मान्यता दिएको छ। महाकवि विद्यापतिलाई ब·ालीहरुले पनि आफ्नो कवि मान्छन्, जबकि नेपाली भाषा–साहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो।

विहार सरकारले सन् १९६६ देखि नै विद्यापतिको टिकट पनि चलनमा ल्याएको छ। हाम्रो देशमा पनि विद्यापतिको टिकट चलनमा केही अघि आएको हो। भारतको सरकारले मैथिली भाषालाई त्यहाँको संविधानको आठौं अनुसूचीमा उल्लेख गरी राष्ट्रभाषाको रुपमा मान्यता दिएको छ। हाम्रो देशमा राष्ट्रभाषा नेपालीपछि सर्वाधिक बोलिने दोस्रो भाषाको रुपमा मैथिली भाषाको स्थान अवश्य पनि छ तर यसले अहिलेसम्म त्यस अनुरुपको राजकीय संरक्षण र महत्त्व पाउन सकेको छैन।
बर्सेनि गोष्ठी, कवि सम्मेलन र स्मृति पर्वमा मैथिली भाषा तथा विद्यापतिको चर्चा हुनुबाहेक अन्य उल्लेखनीय कार्यहरु हुन सकेका छैनन्। सरकारी राष्ट्रिय दैनिक गोरखापत्रको नयाँ नेपाल पृष्ठमा एक महिनामा दुईपटक एक–एक पृष्ठ यसले अवश्य पनि स्थान पाएको छ तथा अन्य मातृभाषाहरुकै पङ्क्तिमा नै यस भाषालाई पनि मान्यता दिइएको छ। जबकि मैथिली भाषा, साहित्यको इतिहास निकै पुरानो छ तथा यो समृद्ध भाषा पनि हो। यसको लिपि पनि आफ्नै छ। यस भाषाले अनेकौं प्रसिद्ध कवि एवं साहित्यकारहरुलाई जन्माएको छ। महाकवि विद्यापतिको नाउँमा जे–जति अनुसन्धान र कार्यहरु हुनुपर्ने हो, त्यति हुन सकेको छैन।

विद्यापति अलौकिक प्रतिभा र आशुकवित्व शक्तिका थिए। विद्यापतिका पदावलिको अनेकौं पदमा संस्कृतका शब्दहरुको पनि प्रयोग भएको पाइन्छ। उनी विशेष गरी शृङरकवि भएकाले राधा–कृष्णकै शृ·ारलीलाको वर्णन गरेका छन्। कतिपयले यिनलाई सूरदास र तुलसीदासजस्तै वैष्णवकवि पनि भनेका छन् तर यिनका बुबा शैव थिए, फेरि यिनी स्वयंले महादेवको प्रशंसामा पनि निकै रचना गरेका छन्।
शैव भएर पनि यिनी एकै ईश्वरका रुप सम्झी शिव, विष्णु, देवी, सूर्य र गणेश सम्झी पञ्चदेवोपासना पनि गर्दथे। उदाहरणको निम्ति प्रत्येक घर, मन्दिर तथा धार्मिक अनुष्ठानमा बिहान–बिहान गाइने यो भजनलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ–
जय जय भैरवि असुर भयावनि
पशुपति–भामिनी माया
सहज सुमति वर दिअओ गोसाउनि
अनुगति गति तुअ पाया।
विद्यापति मिथिलाका राजाका कवि थिए। भनिन्छ, आफ्नो आशुकवित्वका कारण नै उनले मुगल शासकलाई पनि मुग्ध पारी हिरासतमा रहेका आफ्ना राजालाई मुक्त गराएका थिए। मिथिलाका प्रकाण्ड विद्वान् एवं पण्डित हरि मिश्र यिनका गुरु थिए। राजा शिवसिंहका यिनी दरबारी कवि थिए। हुन त त्यति बेलाका अधिकांश कविहरु नै कि त दरबारी अथवा भक्तिरसका कवि हुन्थे। विद्यापति बहुआयामिक प्रतिभाका कवि थिए। उनको काव्य रचनामा यी कुराहरुलाई सजिलै पाउन सकिन्छ।

विद्यापतिको एकान्त भक्तिबाट अत्यन्त प्रभावित भई साक्षात् महादेव नै उगना नामधारी मनुष्य भई यिनका नोकर बनेका थिए। एक दिन उगनासँगै यिनी यात्रामा रहेका बेला अचानक तिर्खाले च्यापेपछि विद्यापतिले उगनालाई कतैबाट पानी ल्याउन भनेछन्, त्यहाँ घना ज·लमा पानी पाउने सम्भावना कोशौं टाढासम्म थिएन तर उगनाले लुकेर आफ्नै टाउको (जटा)बाट ग·ाजल झिकी यिनलाई पानी खान दिए। ‘यो त ग·ाजल पो रहेछ, तिमीले कहाँबाट ल्यायौ ?’ भनेर सोध्दा महादेवले साक्षात् दर्शन दिए। ‘यो रहस्य कसैलाई पनि नभन्नू ⁄ अन्यथा तिम्रो घरबाट भागिहाल्छु भनेर उगनाले जवाफ दिएका थिए। तर उपरोक्त रहस्यबाट अनभिज्ञ विद्यापतिकी पत्नीले नियमितरुपमा अराएभैmँ कुनै सामान ल्याउन अराएकी रहेछिन् तर उगनालाई त्यो काम पूरा गर्नमा समय लागेपछि रिसले मुर्मुरिँदै विद्यापतिकी पत्नीले दाउराको चोइटाले उगनालाई बेस्सरी ठटाउन थालेपछि सो अनर्थलाई खप्न नसकी विद्यापतिको मुखबाट अनायाश भन्न नहुने शब्द निस्किहाल्यो– ‘साक्षात् महादेवमाथि यत्रो प्रहार ⁄’ उनले यति के भनेका थिए, उगना तत्कालै अन्तध्र्यान भए। महादेव (उगना)को विरहमा विह्वल हुँदै उनले चारैतिर विलाप गर्दै भनेछन्–
उगना रे मोरा कतयगेला
कतय गेला शिव कि दहुँ भेला ⁄
यिनी शृ·ारिक कवि मात्रै थिएनन्, हास्य–शान्त वीरादिरसमय कविताहरु पनि यिनका पदमा प्रशस्त देखिन्छन्। यिनी संस्कृतका पनि ठूला विद्वान् थिए। विद्यापतिले मैथिली भाषामा श्रीमद्भागवत् पनि लेखेका छन् जसको नाम ‘भागवत पोथी’ भनी लेखिएको छ ।

प्रकृतिको वर्णनमा यिनको कल्पनाले आकाश छोएजस्तो लाग्दछ। यिनका वसन्त र वर्षाको वर्णन दत्तचित्त भइसकेको खण्डमा परमानन्दको अनुभव हुने गर्दछ। मिलन, विरह, प्रेम, मान आदिको वर्णन पनि अवर्णनीय चमत्कारले परिपूर्ण छ। तीर्थस्थानमा जाने–आउने बेलामा बिहा–बटुला आदिका म·लमय समयमा र देवदेवी मन्दिरमा गई दर्शन गर्ने समयमा समेत गाइने विद्यापतिका रचनाहरु कर्णप्रिय र चित्ताकर्षक हुने गर्दछन्। पदावलीकै चमत्कारिताले आफ्ना तत्कालीन राजाहरुबाट यिनले नवजयदेव, कविशेखर, कवि कण्ठहार, कविरञ्जन, दशवधान र कोमल–कान्त पद–चमत्कृत कवि वृन्दबाट ‘कवि कोकिल’भन्ने समेत दुईवटा पदवी प्राप्त गरेका थिए।
मिथिला क्षेत्रमा त्यति बेला विद्यमान बेमेल विवाहप्रति कटाक्ष गर्दै विद्यापतिले एउटी युवतीको बिहे अपेक्षकृत किशोर बालकसँग हुन पुग्दा ती महिलाको व्यथालाई यसरी व्यक्त गरेका छन्–
पिया मोरा बालक हम तरुनी
कोन तप चुकलौंह भेलौंह जननी ⁄
(अर्थात् लोग्ने बालकसमान छन् जबकि म तरुणी भइसकेकी छु। मेरो तपस्यामा चुक भएकै कारण आफ्नै लोग्नेको आमा बन्न पुगे।)
त्यसै गरी श्रीकृष्णकी प्यारी राधाले श्रीकृष्णलाई आफ्नो बाटो नरोक्न र घर जान आग्रह गर्दे भन्छिन्–
कुन्ज भवन सँ निकसलि रे,
रोकल गिरिधारी
एकही नगर बस माधव हे
जनिकर बट–मारी।
छाडु कन्हैया मोर आँचर रे
फाटत नव सारी ⁄
(अर्थात्– आँचल छाडिदिनू सारी च्यातिएला)
अपजन होएत जगत भरि हे
जनि करिअ उघारी
(अर्थात्– संसारभरि अपजश होला ननङ्ग्याउनु न।)
विद्यापतिको अर्को एउटा सुन्दर रचनाले उनको कल्पना शक्तिलाई उजागर गरेको छ–
सुतलि छलहूँ हम घरवा रे
गरवा मोति हार।
राति जखन भिन्सरवा रे
पिया आएल हमार।
कर कौमल कर कपइत रे,
हरवा उर टार।
कर पंकज उर थपइत रे
मुख–चन्द निहार।
केहन अभागलि बैरिनि रे,
भागलि मोर निन्द।
(अर्थात्– बिहानीपख लोग्ने आएको सपना देखिरहेकी आइमाईले आफ्नो लोग्नेको स्वागत गर्दै मीठो–मीठो कल्पना गरिरहेकी थिई। त्यत्तिकै बेला निद्रा भ· हुन्छ र आपूmलाई अभागी ठान्दछे।)
आफ्नो जीवन त्याग ग·ा नदीनजिक गरेका विद्यापतिले पवित्र ग·ाबाट टाढा हुँदा आफ्नो अश्रुधारा बग्ने गरेको प्रार्थना गर्दै एक्लो ग·ास्नान नै जप, तप, योग र ध्यानभन्दा ठूलो कुरा हुन्छ भनेका छन्। पटक–पटक तिम्रो दर्शन गर्न पाऊँ भन्दै उनले ग·ालाई आमा भन्दै आपूmलाई छोरा बताएका छन्। विद्यापतिका कालजयी रचना अथाह सम्पत्ति र धरोहर हुन्। उनका रचना अहिले पनि उत्तिकै पठनीय छन्।

LEAVE A REPLY