अमेरिका–रुस तनाब, रुसी वाणिज्य दूतावास र दुई कूटनीतिक नियोग बन्द गर्न आदेश



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी सरकारले रुसलाई सान फ्रान्सिस्कोस्थित आफ्नो वाणिज्य दूतावास र अन्य दुई कूटनीतिक नियोग बन्द गर्न भनेको छ।

वासिङ्टनले रुसलाई आफ्ना अनुचित गतिविधिको जवाफमा शनिबारसम्म न्युयोर्क र वासिङटनस्थित वाणिज्य दूतावास र उपनियोग बन्द गर्नका लागि भनेको अमेरिकी अधिकारीहरूले बताएका छन्। गत महिनामात्रै रुसी सरकारले उसको देशमा रहेका अमेरिकी कूटनीतिज्ञको संख्या कम गरेको थियो। यसलाई मस्कोको उक्त कदमको जवाफमा अमेरिकी गृह मन्त्रालयले दिएको प्रतिक्रियाका रुपमा लिएको छ।

गतवर्ष डिसेम्बरमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले क्रिमियामाथि कब्जा र अमेरिकी राष्ट्रपति चुनावमा कथित हस्तक्षेप गरेको आरोपमा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको थियो। त्यतिबेला ३५ रुसी कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको थियो।

पूर्वराष्ट्रपति बाराक ओबामाले उक्त कारबाहीका क्रममा अमेरिकास्थित रुसका दुई राजनीतिक परिसरलाई पनि बन्द गर्न लगाइएको थियो। उनले अमेरिकालाई रुसी क्रियाकलाप लिएर सावधान रहनुपर्ने बताएका थिए।
त्यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै प्रतिक्रिया देखाएको थिएन। तर अमेरिकी प्रतिबन्धको उत्तरमा उनले यो वर्षको जुलाईमा ७ सय ५५ अमेरिकी कूटनीतिज्ञलाई रुस छोड्न आदेश दिएका थिए।

उनले निकट भविष्यमा दुई देशबीच सम्बन्धमा सुधार हुने सम्भावना नदेखिएको बताएका थिए। जुलाइमा रुस छोड्न भनिएका अमेरिकी राजनीतिज्ञहरूले सेप्टेम्बर १ सम्ममा आफ्नो देश फर्कनुपर्नेछ।

एक वरिष्ठ अधिकारीले बिहीबार दूतावास र वाणिज्य नियोग बन्द गरिनेछ तर कुनै पनि रुसी कर्मचारीलाई तत्काल देश छोडेर जानका लागि नभनिएको बताए। शुक्रबारअगाडि नै अमेरिकास्थित रुसी दूतावास र वाणिज्य नियोग बन्द गरिनुपर्ने बताइएको छ। रुसले ती सम्पत्तिको रेखदेख गर्न सक्ने तर यसको प्रयोग गन नसक्ने ती अधिकारीले बताए।

बिहीबार रुसी विदेशमन्त्री सर्गेइ लाभारोवले अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनालाई फोनवार्तामा द्विपक्षीय सम्बन्धमा बढ्दो तनावमा चिन्ता व्यक्त गरेका छन्। रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मस्कोले अमेरिकाको यो आदेशको अहिले अध्ययन गर्ने र पछि मात्र फैसला लिने बताए

प्रतिक्रिया दिनुहोस्