नवयुग वृज सिमेन्टको ब्रान्ड एम्बेस्डर



 

नेपाल समाचारपत्र
काठमाडौं
चर्चित युवा फुटबल खेलाडी नवयुग श्रेष्ठलाई वृज सुपर प्रिमियम ओपीसी सिमेन्टको ब्रान्ड एम्बेस्डर भएका छन्। नेपाली सेनाबाट व्यावसायिक फुटबल खेल्ने नेपालका महत्वपूर्ण राष्ट्रिय फुटबल खेलाडी तथा एकै वर्ष तीन वटा अन्तर्राष्ट्रिय पदकहरू बंगबन्धु कप, साग च्याम्पियनसिप कप र सोलिडारिटी कपबाट नेपाललाई जिताउन सफल श्रेष्ठलाई कम्पनीले सम्मान समेत गरेको छ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक मनोज केडियाद्वारा नवयुग श्रेष्ठलाई अ एक समारोहमा कदरपत्र र ट्रफी सहित सम्मान गर्नुभयो। वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि केडिया अर्गनाईजेसनअन्तर्गत एउटा प्रभाग हो। यो कम्पनी भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ। वृज सिमेन्ट उद्योगले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) र साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) दुवै किसिमका सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पीपीसी सिमेन्टअन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट ब्राण्डहरू उत्पादन गर्दछ।

त्यस्तै वृज सुपर प्रिमियम ओपीसी सिमेन्टको बजार प्रवद्र्धनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने व्यक्तिसँग आबद्धता कायम गर्दै आएको।

 

प्रतिक्रिया दिनुहोस्