वसन्त ऋतु बन्ने



 

फिल्मकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा नयाँ फिल्म बसन्त ऋतु निर्माण हुने भएको छ। कीर्तिपुरस्थित हिलसाइड रिसोर्टमा आयोजित कार्यक्रमबीच बसन्त ऋतुको शुभ–साइत गरिएको छ।

समारोहमा लेखक तथा निर्देशक जोशीले फिल्मले नेपाली समाजलाई एकपल्ट चकित पार्ने र अढाइ घण्टा दर्शकहरुलाई हलमा बाँधिरहन सफल हुने दाबी गरे। कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फिल्मका कलाकारहरु किशोर महर्जन, अनु महर्जन, राजेन्द्र महर्जन, शोभा महर्जन, सुरेश महर्जनलगायतले मुहुर्त शटमा अभिनय गरेका थिए। कार्यक्रममा पत्रकार तथा फिल्म निर्देशक विजयरत्न असंबरले कीर्तिपुर सांस्कृतिक रूपमा धनी शहर भएकाले त्यहाँका कलाकर्मीले बनाउने फिल्ममा त्यहीँको संस्कृति झल्कनुपर्नेमा जोड दिए।

धुँ देय् प्रोडक्सन प्रालिका लागि निर्माता रामकृष्ण धिनाको निर्माण रहने फिल्ममा गुज्ये मालाकारको संगीत तथा राजेश शाक्यको छायांकन रहनेछ। फिल्मको छायांकन यसै हप्ताबाट प्रारम्भ हुनेछ। फिल्म नेपालभाषा र नेपाली दुबै भाषामा निर्माण हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्