रोहिंग्या मुस्लिम बंगलादेशतर्फ भागे



बंगलादेश,(एजेन्सी)
म्यान्मारको रखाइने राज्यमा लगातार दुई दिनदेखि भइरहेको हिंसात्मक घटनाको कारण सोमबार हजारौं मानिस आफ्नो घर छोडेर सीमा पार गरी बंगलादेशमा सरण लिन पुगेको बंगलादेशी सुरक्षाकर्मीहरूले जनाएका छन्।

अल्पमत मुस्लिम रोहिंग्याहरू यसरी घर छाडेर भागेका हुन्। म्यान्मारका फौजले आफूहरूमाथि गोली चलाउन थालेपछि ज्यान जोगाउन यसरी बंगलादेश पुगेकामध्ये ९० जना रोहिंग्या मुस्लिमलाई बंगलादेशले जबरजस्ती म्यान्मार नै फर्काइदिएको बताइएको छ।

बंगलादेशी सुरक्षा सूत्रले सीमा पार गर्न सीमा क्षेत्रमा हजारौं रोहिंग्या मुस्लिम जम्मा भएको जनाएको छ। शुक्रबार रोहिंग्या लडाकूहरूले ३० वटा प्रहरी चौकीमा अचानक हमला गरेपछि द्विपक्षीय भिडन्त शुरू भएको हो। अहिलेसम्म हिंसात्मक गतिविधिमा म्यान्मारमा एक सय जनाभन्दा बढीको ज्यान गइसकेको छ। मारिनेहरूमा अधिकांश रोहिंग्या लडाकू रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्