नेपालमा कृषिको अवस्था र सम्भावनाहरु

194

शुलभ बैद्य

हाम्रो देशमा धेरैजसो घरपरिवारको आर्थिक आयआर्जनको प्रमुख श्रोत कृषि हो । कृषि छेत्रमा हाम्रो देशको कुल जनसंख्याको ६० प्रतिशत जनशक्ति खटिएको छ र हाम्रो देश को कुल गहर्स्थ उत्पादनको ४० प्रतिशत हिस्सा कृषि र कृषिजन्य उत्पादन मार्फत प्राप्त हुन्छ ।

यस अर्थमा कृषि हाम्रो देशको प्रमुख पेशा र प्रमुख उद्यम हो, देशको मुख्य जीवनशैली हो ।

हाम्रो देशमा हालको कृषि प्रणालीको इकाई एउटा परिवार हो । एउटा सामान्य प्रतिनिधि उदारहणलाई लिने हो भने हामीले के देख्छौ भने पारिवारिक लगानी भएको उक्त उद्यमको खपत त्यहि परिवारमै हुन्छ, उत्पादनले कुनै बजारमा प्रवेश पाउदैन।

यसले गर्दा परिवारको आवश्यकता भन्दा धेरै उत्पादन भएका खेति वा पशु उत्पादनहरुका लागि बजार खोज्न, उत्पादनलाई बजार सम्म पुर्याउन, उत्पादनको सुरक्षा गर्न खोज्दा एउटा परिवारलाई गाह्रो हुने कुरा स्वाभावीक नै हो तर त्यसमाथि स्थापित राष्ट्रिय अन्तराष्ट्रिय ब्यापारिक शक्तिहरुसंग प्रतिस्पर्धा गर्दा उक्त सानो उद्योग आर्थिक रुपमा असफल हुने भएकाले उद्द्यम्शिलताका केहि प्रयासहरु विफल भएका छन् ।

सदियौं पुरानो प्रणाली अझै जिवितै रहेको र अत्याधुनिक कृषि प्रणालीको छनक पनि देखिएको आजको अवस्थामा हालको राष्ट्रिय कृषि व्यवहार, पद्दति र उत्पादनका केहि प्रमुख प्रवृतिहरु यसप्रकार छन् ।
१. लगानी : कृषि क्षेत्रमा हुने लगानीको प्रमुख हिस्सा जग्गाजमिन र मानवश्रमले ओगट्छन्। प्रविधि, सिंचाई पूर्वाधार विकाश, र रासायनिक मलको जोहो गर्ने विषयमा एउटा परिवारले केहि गर्ने सोंच र सामथ्र्य राख्दैन, न त राज्य संयन्त्रको पनि त्यस तर्फ ध्यान पुग्न सकेको देखिन्छ ।

अझ एउटा ठुलो संख्यामा रहेका आवस्यक खेतीयोग्य जमिन पनि छैन र उनीहरु सस्तो मानव श्रम मात्र बेच्न सक्छन, फलस्वरूप व्यवसायिक अधिकारबाट लगभग बन्चित छन।

जग्गा हुने परिवारहरु पनि आधुनिक प्रविधि प्रयोग गर्न बाट आर्थिक वा शैक्षिक कारणहरुबाट बन्चित छन्। अझै पनि सदियौ पुरानो कुटो, कोदालो र हलो नै प्रमुख कृषि औजार हुन्।

२. व्यवसायिक इकाई : हाल मधेश, पहाड वा हिमाल वा जुन सुकै भूगोल मा अध्ययन गरे पनि भुमि खण्डिकरणले गर्दा कृषिमा व्यवसायिकता आउन नसकेको देखिन्छ। सामुहिक कृषि पद्दतिको विकाश नभएका कारण साना साना पारिवारिक व्यवसायिक इकाईहरु को सिर्जना हुन्छ जसले विश्वब्यापी ठुला व्यवसायिक शक्तिहरु संग प्रतिस्पर्धा गर्न सक्दैनन् ।

३. उत्पादन विविधिकरण : कृषि माटो र हावापानी सुहाउँदो हुनुपर्नेमा अहिले तराई देखि हिमाल सम्म पुर्व देखि पश्चिमसम्म एकै किसिमका एकै प्रजातिका वाली लगाउने वा बस्तुभाउ हुर्काउने चलन छ । विभिन्न वातावरण सुहाउँदो प्रजातिको बालि लगाउने वा बस्तुभाउ पाल्ने बैज्ञानिक प्रणाली भन्दा पनि आफ्नो परिवारलाई चाहिने सबै थोक सबै परिवारले लगाउने निर्वाहमुखी परिपाटी छ।

४. मानसिकता : बिषेशत कृषि प्रति पढेलेखेका युवा पिढी को अभिरुची घट्दै जानु, देशकै उद्द्यमशील चरित्र प्रष्फुटित नहुनु,

५. अनुसन्धान र विकासः  देशमा हाल कृषि शिक्षा प्रदान गर्न खुलेका सिमित कृषि विद्यालयहरु र अनुसन्धान केन्द्रहरु को तालमेल न्यून छ । विकशित प्रजातिहरुको परिक्षणमा यथेस्ट ध्यान पुग्न नसक्दा कृषकहरुको लगानी खेर जाने क्रम जारि छ । अन्य प्राविधिक छेत्रमा जस्तै, कृषि वैज्ञानिक तथा प्राविधिकहरुलाई देशमै रहनसक्ने वातावरण सिर्जना गर्नु अर्को चुनौती रहिआएको छ ।

६. सहयोगी पूर्वाधारः कृषकहरुको लागि सरल ऋण, बिमा, ग्रामिण सडक बिजुली कोल्ड स्टोर र गोदामको कमजोर अवस्था छ ।

देशको सामाजिक र आर्थिक अव स्थितिको केन्द्रबिन्दु हाम्रो कृषि छेत्र अझै पनि पारिवारिक निर्वाहमुखी अव्यवसायिक पद्दतिकै रहेको हुनाले यो परिपाटी बदलि प्रविधियुक्त सामुहिक र व्यवसायिक कृषि प्रणाली विकास गर्न जरुरि छ ।

बैद्य हिकाष्ट कलेज काठमाडौं विएस्सी.एजि अध्ययनरत बिद्यार्थी हुन् ।

 

LEAVE A REPLY