तरकारी खेती बाट नाम र दाम कमाउँदै उपमेयर धौली देबी



विमल विष्ट,डोटी ।
डोटीको साकिको लाटामाण्डौ गाबिस (हाल शिखर नगरपालिका) ९ की धौली देबी रावल नगरपालिकाको उप मेयर बनेकी छन् ।
डोटी जिल्लाकै नमुना किसानमध्यमा पर्ने धौली देबी अहिले शिखर नगरपालिकाको उप मेयर बनेकी हुन् । तरकारी खेती बाट उहाँको मासिक आम्दानी ४८ हजार हुने गर्दछ ।

तरकारी बेचेरै नगरपालिकाको उपमेयर बन्न सफल भएकोमा उहाँ अहिले आफुलाई निकै भाग्यमानी सम्झिनु हुन्छ । उहाँ भन्नु हुन्छ ‘मलाई पहिले कसैले चिन्दैन थिए,तरकारी खेती सुरु गरे सबैले चिन्न थाले,अहिले उप मेयर पनि भए,मलाई तरकारी खेतीले नै पद र नाम दियो ।’ उहाँ नेपाली काग्रेस पार्टि बाट चुनाव लडेर उप मेयर हुनु भएको हो ।

कुनै बेला जिल्ला कृषि बिकास कार्यालयको युवा लक्षित ब्यवसायीक तरकारी उत्पादन कार्यक्रमले बिउ तथा प्राबिधिक सहयोग गरेपछि उहाँले गोपघाटमा ३ रोपनी जमिन भाडामा लिएर तरकारी खेतीको सुरुवात गरेकी हुन् । तरकारी खेती गरेपछि उहाँको आम्दानीमा पनि बृद्धि भएको हो ।

उहाँको तरकारी बाटै आएको आम्दानीले एक छोरा कृषि जेटीए र अर्को छोरा बोडिङ स्कुलमा पढिरहेका छन् । हिजो आज उहाँ कार्यालयको काम सकिएपछि बचेको समय तरकारी बारीमै बिताने गरेको बताउनु हुन्छ ।

उहाँ भन्नु हुन्छ ‘बिहान १० बजे अफिस जान्छु फर्किए पछि तरकारीबारीमै काम गर्छु,मेहनेत नगरी खान पुग्दैन,पद आफनो ठाउमा छ,काम आफनो ठाउमा ।’ कार्यालयको समय पछि होस वा बिदाको दिन धौली देबी प्राय आफनो तरकारीबारीमै भेटिने गर्नु हुन्छ । उहाँको बारीमा अहिले बिभिन्न किसिमका मौषमी तथा बेमौषमी तरकारी फलेका छन् । बारीमा तरकारी किन्नेको दिनहुँ भिड लाग्ने गरेको छ ।

आर्थिक अवस्था कमजोर भएकाले उहाँका श्रीमान कामका लागि भारत गएको र श्रीमानले भारतमा मासिक १० हजार कमाउने गरेको उहाँले बताउनु भयो । तर उहाँले भने घरमै बसेर तरकारी खेती गरी मासिक ४८ हजार कमाईरहनु भएको छ । उप मेयर रावलले फलाएको तरकारी दिपायल तथा छिमेकी जिल्ला डडेल्धुरा सम्म बिक्रिका लागि जाने गरेको छ ।

केही वर्ष पहिले जिल्ला कृषि बिकास कार्यालयले बिउ सहित अन्य प्राबिधिक टोली उपलब्ध गराउनुको साथै ब्यबसायिक तरकारी खेती गर्न हौसला दिएपछि उहाँले बैंक बाट एक लाख ऋण निकालेर तरकारी ब्यबसाय सुरु गर्नु भएको हो ।

उहाँले भन्न भयो –‘तरकारी खेती सुरु गर्न खोज्दा कसैले ऋण पत्याएनन, आफनो सुनको गहना धितो राखेर ऋण ल्याएर ब्यबसाय सुरु गरेकी थिए,अहिले त्यहि ब्यबसायले नाम र दाम दियो ।’

कृषि बिकास कार्यालय डोटीका प्रमुख डाक्टर तपेन्द्रबहादुर शाहले लाटामाण्डौ,बानिडुग्रिसैन र तिलताली लगायतका क्षेत्रहरु तरकारी खेतीका लागि अतिनै उत्तम ठाउ भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘किसान लाई पानीको समस्या छ,अलिकती रकम खर्च गरेर पम्पसेटको ब्यबस्था मिलाए तरकारी प्रशस्तै फलाउन सकिन्छ ।’

बिगतको समयमा डडेल्धुरा तथा कैलाली क्षेत्र बाट आउने तरकारीको भर पर्ने गरेको सो क्षेत्रका होटेल ब्यबसाथी तथा स्थानियहरु अहिले गाउमै तरकारी उत्पादन हुन थालेपछि बाहिर बाट आयातित हुने तरकारी बिस्थापित हुन थालेको अर्की स्थानिय हिरादेबी महराले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘मेहनेत गरे आफनै घरमा सुन फलाउन सकिन्छ भनेको सहि रहेछ पहिला हामी सुख्खा नुन संग मात्रै रोटि खान्थ्यौ,अहिले तरकारी खेत गर्न सुरु ग¥यो अब तरकारी बिना खाना नै खान सकिन्न ।’

 

प्रतिक्रिया दिनुहोस्