बाढीबाट ह्युस्टनमा दुईको मृत्यु



 

ह्युस्टन, (एजेन्सी)
लगातार भएको भीषण वर्षाको कारण आएको डरलाग्दो बाढीबाट अमेरिकाको टेक्सास राज्यका केही भागबाट आइतबार १ हजार जनाभन्दा बढी व्यक्तिका ेसकुशल उद्धार गरिएको छ। राष्ट्रिय उद्धार निकायले ह्युस्टनमा बाढीकै कारण कम्तीमा ५ जनाको मृत्यु भएको जनाएको छ।
राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले ह्युस्टनको मेट्रो क्षेत्र नराम्ररी प्रभावित भएको र त्यहाँको आवत–जावत ठप्पै भएको जानकारी दिएको छ। ५ जना मरेको हल्ला चले पनि ह्युस्टनमा अहिलेसम्म दुई जनाको मृत्यु मात्र पुष्टि हुनसकेको प्रहरीले जनाएको छ।

गवर्नर ग्रेग एब्बोटले भीषण बाढी नै आफ्नो चिन्ताको प्रमुख विषय भएको बताएका छन्। ह्युस्टन र गाल्भेस्टनका एनडब्ल्यूएसले विगत चौबीस घण्टाभित्र २४ दशमलव १ इन्च पानी परेको जनाएको छ। हावाहुरी बेस्सरी चलिरहेको र विद्युत् आपूर्ति बन्द भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्