इस्लिङटनमा एस्पायर इन्टरकलेज २०१७



 

कमलपोखरी स्थित इस्लिङटन कलेजले एस्पायर इन्टर कलेज मेनेजमेन्ट इभेन्ट–२०१७ आयोजना गरेको छ। शुक्रबारदेखि आइतबारसम्म आयोजना हुन लागेको इभेन्ट नेपालको पहिलो बेलायत मेनेजमेन्ट कार्यक्रम हो। कार्यक्रमले स्नातक तहमा अध्ययनरत विद्यार्थीको आफ्नो व्यवहारिक जीवनयापनमा आइपर्ने समस्या र विभिन्न परिदृष्य सामना गर्न महत्त्वपूर्ण भूमिका रहने कलेजले जनाएको छ।
व्यापार, व्यवसायमा बढ्दो प्रतिस्पर्धाका साथ विद्यार्थीहरूको निकट प्रतिस्पर्धामा आइपर्ने समस्या समाधान गर्न मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

विद्यार्थीको व्यवस्थापकीय क्षमतालाई मजबुत बनाउन मेलाको मुख्य उद्देश्य रहेको छ। मेलामा ६ वटा विभिन्न कार्यक्रम समावेश गरिएको थियो। विद्यार्थीको रचनात्मक सिप, विश्लेषणात्मक क्षमता र प्रस्तुतीकरणको विषय मेलामा समावेश गरिएको थियो। मेलामा ब्यापार प्रनोत्तरी खेल, उद्यमी कार्यक्रम, बजार व्यवस्थापन, विज्ञापन संरचना र विस्तार, सार्वजनिक बोलपत्र तथा ब्यापार प्रशासनजस्ता कार्यक्रम समावेश गरिएको थियो। मेलाको समापन समारोहको दिन आइतबार ‘ब्रिटेन कलिङ’ नामको उत्सव आयोजना गरिएको थियो।

कमलपोखरीस्थित कलेजमा आयोजित मेलामा अन्य विविध कार्यक्रमको समेत आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्