चीनमा अध्ययन गर्न १० विद्यार्थीले पाए छात्रवृत्ति



 

नेपाल समाचारपत्र
काठमाडौं
चीनको सिचुआन प्रान्तमा १० जना नेपाली विद्यार्थीले विभिन्न विषयगत अध्ययन गर्ने छात्रवृत्ति पाएका छन्। अरनिको समाजको पहलमा सो छात्रवृत्ति पाउन सफल भएको हो।

समाजले राजधानीमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूले पढाइका क्रममा चीनमा बस्दा, पढ्दा गर्नुपर्ने व्यवहारबारे समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठ, उपाध्यक्ष महेशमान श्रेष्ठ र महासचिव सुशील प्रजापतिले विविध पक्षबारे आफ्नो अनुभवसहित जानकारी दिनुभयो।

चीनमा अध्ययन गरी नेपाल फर्किएका व्यक्तिहरूले स्थापना गरेको समाजले चीन र नेपालबीच सम्बन्ध सुमधुर बनाउन जनस्तरमा विभिन्न काम गर्दै आइरहेको बताइएको छ। समाजको पहलमा पहिलोपटक छात्रवृत्ति पाउन सकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्