भिडियोमा मुग्लानको पीडा



 

गायक चूडामणि नेपाली र पूर्णकला बीसीको स्वरमा म छु यता मुग्लानमा बोलको लोकदोहोरी गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

सुनखानी म्युजिक प्रालिको प्रस्तुतिमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको भावना समावेश गरेर गीत निर्माण गरिएको छ।

गीतमा शब्द गीतकार गणेश चौलागाईंको रहेको छ भने गायक विरही कार्कीको लय सिर्जना गरेका छन्। गीकतो म्युजिक भिडियोमा कुमार केसीको निर्देशनमा नायिका तथा मोडल रञ्जिता गुरुङ र महेन्द्र गौतमले अभिनय गरेका छन् भने रञ्जिता र महेन्द्रलाई बाल कलाकार विशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन्।

गीतमा परदेशीको कहानी समावेश रहेको छ। आफू मुग्लानमा हुँदा पाएको दुःख, मुग्लान जाँदा साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पीडा यसमा उतारिएको छ। जसमा हिन्दूको महान् पर्व दशैं र तिहार जस्तो ठूलो चाडमा परिवारबाट टाढा रहनु पर्दाको पीडा र साहुको कचकचीलाई देखाइएको छ।

गीतको म्युजिक भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् भने अनुप शिवाकोटीले सम्पादन गरेका छन्। जसलाई सुनखानी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्