प्रधानमन्त्री आज फर्किंदै



 

काठमाडौं, (नेस)
छिमेकी मुलुक भारतको ५ दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार स्वदेश फर्कंदै हुनुहुन्छ। देउवासहितको टोली आज राति ८ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिबार तिरुपती बालाजीको दर्शनसँगै बोधगया पुग्नुभएका प्रधानमन्त्री देउवा आइतबार दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किंदै हुनुहुन्छ।

देउवासँगै भारत भ्रमणमा जानुभएका उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा शनिबार स्वदेश फर्किनुभएको छ। भ्रमण टोलीमा सामेल उद्योगी व्यवसायीको टोली शुक्रबार फर्किएको छ।

प्रतिक्रिया दिनुहोस्