रिडी–रुद्रवेनी–वामी सड्कमा वर्षौ देखिको जोखिम यात्रा कहिले सम्म ?



अनिल खत्री, गुल्मी । रिडी–रुद्रवेनी–वामीटक्सार, शान्तिपुर सडक खण्डमा वर्षैपिच्छे हिलाम्मै र जोखिम यात्रा गर्न बाध्य छन् । धेरै सरकार बने धेरै निर्वाचित जनप्रतिनिधी पनि निर्वाचित भए तर जिल्लाकै सदरमुकाम भन्दा पनि ब्यस्त रहने सडक भने पुरानै बिग्रदो शैलीमा पुगेको छ ।
सडक बिस्तार भएपनि केहि सुधार भएपनि जनताले र सड्कले चाहे अनुरुपको बिकास उक्त सड्कमा हुन सकिरहेको छैन् । हिउँदमा त जनतन यात्र गरेपनि वर्षात लागेपछी निकै कठिन र सास्तीपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । जिल्लाको सरमुकाम भित्रिने सवारीको दोब्बर वढी सवारी उक्त सड्कमा आवाज जावत गर्ने गर्दछन् । वर्षात सगै हालै उक्त सड्क केहि दिन खुल्ने केहि दिन बन्द हुने हुँदै आएको छ । सड्क खुले पनि हिलाम्मै र जोखिम पूर्ण यात्रामा गर्नु परेको स्थानिय वासीको भनाइ रहेको छ ।

रिडी रुद्रवेनी वामीटक्सार, सान्तिपुर सडक खण्ड मर्मतको लागि बर्सै पिच्छे बजेट खर्चिए पनि कुनै प्रगती हात परेको छैन् । असार मसान्त सुरु हुने समय आउछ, हतार हतार गरि निर्माण गरेका सडकले उल्टै पहिरो गएर झनै बाटो बिग्रेर पुरानै अवस्थामा जाने क्रम जारी नै रहेको छ ।

रिडी रुद्रवेनी वामीटक्सार, शान्तिपुर मोटरबाटोका यात्रुहरु र सोहि स्थानमा चल्ने यातायातका साधनहरु र चालकहरुले गुहार भने पाएका छैनन् । असार ११ देखि लगातार परेको पानीले हप्तौ सम्म बुटवलबाट छुटेका गाडीहरु बाटोमै अलपत्र परे, कति यात्रुहरु अलपत्र परे । साग्रेमा ढुंगा पहिरो खसेर बाटो अबरुद्ध हुर्नेक्रम रहेको छ ।

लुम्दिखोलो बढेर दिनहु घन्टौ सम्म गाडीहरु जाममा पर्ने गर्दछन् । घोसे पहिरोमा पहिरो गएर बाटो अबरुद्ध भइनै रहन्छ । खैरेनी र साहाघाट बिचमा पहिरो खसेर जाम हुने,ढुंगा खस्ने क्रम अझ पनि निरन्तर नै छ । उल्लिखोला दहरे (लेदे खोला) ले दिनहु गाडीहरु जाम हुन्छन् । धेरै यात्रुहरुले सास्ती भोग्नु पर्ने बाध्यता दिनहु रहेको छ । उल्लिखोला बाजारमा बजारका घरहरु भन्दा धेरै धेरै भए यातायातका साधनहरु, यात्रुहरुले यात्रामा धेरै दुख भोग्दै आएका छन् ।

वर्षातको पानीले अहिले पनि उही पुरानै कथा सुरु भएको छ । नया कथा हेर्ने भन्दा पुरानै कथा हेर्ने दर्सक यात्रुहरुको मनिल अवस्थामा दिनहु यात्रा गरिरहेका छन् । एकातर्फ लेदे खोलाले पहिरो हुइकाउदै ल्याइरहेको छ ।

गत बर्षमा बाटो नै बडीघाट खोलाले बगाएपछी उपल्लो निर्माण बाटो बाट यातायातका साधनहरु उकालो र हिलोले पार हुन् सकेकाथिएनन् । हतारमै गर्ने पबृतिले गरेको काम पनि अमुल्य बनेको छ । यिनिहरु केही उक्त सड्का उदाहरण मात्र हुन् । वर्षै यस्तै हुँदा पनि कसैको बेलैमा ध्यान गएको देखिदैन् ।
बाटो निर्माणका लागि बजेट नभएको हैन तर बजेट भए अनुसार काम तिब्र रुपमा हुन नसकेको स्थानिय वासीको भनाइ रहेको छ । सरकारबाट सडक निर्माणका लागि बजेट असिमित रहेको र अब काम गर्न सके मात्र यस क्षेत्रको सडक खण्डले दुख नपाउने निर्वाचित जनप्रतिनिधीको भनाइ रहेको छ ।

रुद्रवेनी देखि कालोपत्रे गर्ने भन्दाभन्दै पनि बिभिन्न कारणहरुले गर्दा नादेयाखोलाबाट कालेपत्रेको काम सुरु गरियो तर अझै सम्म काम सम्पन्न हुन भने सकेको छैन । अहिले निर्वाचित जनप्रतिनिधिहरुले विभिन्न विकासका योजना संगै सडक विस्तार,निर्माणहरु प्राथमिकता साथ राखेको बताएका छन् । स्थानीय रुपले खोल्न सकिने बाटो खोलिएको र सम्बन्धित निकाय सम्म गुहारीरहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालको भनाइ रहेको छ । उनले अबको असार मसान्त भित्र कालोपत्रे गर्ने योजना अनुसार काम भैरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्