हेम्बरले हानेर दाजुले गरे भाइको हत्या



नेपाल समाचारपत्र, काठमाडौ ।
काठमाडौ महानगरपालिका स्थित झोसेमा दाजुले भाइको हत्या गरेका छन् । समान्य लेनदेनको विवादमा बिगत केहि दिन देखि नै उनीहरुको झगडा हुँदै आएको थियो । तर, भदौ ७ गते बुधबार भने त्यस झगडाले अर्कै रुप लिन पुग्यो ।

एकै साथ काठमाडौ महानगरपालिका वडा नं २३ झोसेमा बस्दै आएका दाजु राजु मान्नदर र भाई गौतमबीच सामान्य भनाभन हुँदै गर्दा दाजुले आभेसमा आएर भाइ गौतमको टाउकोमा हानेका थिए । टाउकोमा गम्भिर चोट लागेपछि भाईको उपचारको क्रममा मृत्यु भएको थियो ।

ेमृत्यु पश्चात हत्यारा दाजुले प्रहरीकाहाँ गएर आत्मसमर्पण गरेको काठमाडौ प्रहरी परिसरका प्रहरी उपरिक्षक रामद्धत जोशीले जानकारी दिनुभयो ।

मृतक गौतमको भने पोष्टमार्टमको लागि त्रिबी शिक्षण अस्पताल लगिएको प्रहरी जोशीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्