सरिफ पत्नीलाई घाँटीको क्यान्सर



 

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका पत्नी कुलसुम नवाजलाई घाँटीमा क्यान्सर भएको पत्ता लागेको बुधबार सरकारी सञ्चार माध्यमले जनाएको छ। मेडिकर टेस्टका लागि लन्डनतर्फ उडेको केहि दिनपछि यो खबर बाहिरिएको ेहो।
सरिफको पार्टीका अधिकारीहरूले उनको रोग उपचार सम्भव भएको बताएका छन्। आफ्नो पतिले छाडेको संसदीय सिटका लागि कुलसुमले आगामी महिना हुने संसदीय मध्यावधि चुनाव लड्ने कार्यक्रम थियो।

सर्वोच्च अदालतले उनको श्रोत नखुलेको सम्पत्तिको कारण सरिफलाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य बनाएको थियो। अब आफ्नी आमाको उपचार हुने भएकाले सो चुनाव क्षेत्रबाट सरिफ दम्पतीका पुत्री मारयामले चुनाव लड्ने आशा गरिएको छ।

पीएमएल–एन पार्टीका वरिष्ठ सदस्य मुसाहिदुल्लाह खानले बीबीसी उर्दूलाई बताएका छन् ,‘उनको क्यान्सरको उपचार हुनसक्ने भएकाले उनी चाँडै पूर्ण स्वस्थ हुनेछिन्। तर उनले चुनावमा भाग लिने छैनन्।’ पानामा पेपर्स कान्डको कारण सरिफले राजिनामा दिनुपरेको हो।

शुरूमा नवाजका भाइलाई संसदीय र प्रधानमन्त्री पदका लागि चुनाव लडाइने पारिवारिक रणनीति बनाइएको थियो। तर सत्तारुढ पार्टीले शरिफप्रति निकै वफादार शाहिद खाकान अब्बासीलाई प्रधानमन्त्री बनाएका थिए। आगामी चुनाव नहुन्जेल शाहिद प्रधानमन्त्री रहिरहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्