नेपाल विद्यार्थी संघमा बबण्डर, त्रिवि संघको छवि केन्द्रीय समितिले धुलिसात पारेको आरोप



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालय कमिटीलाई नेपाल विद्यार्थी संघको केन्द्रिय कमिटीले धुलिसात पारेको आरोप त्यहाँका कांग्रस समर्थक विद्यार्थीले लगाएका छन । आज बुधबार एक विज्ञप्तीनै निकालेर उनिहरुले सो आरोप लगाएका हुन । विधि र विधान एवं आपसी सरसल्लाह विनै टिके प्रथाबाट ल्याउन खोजीएको समिति मान्य नहुने भनेपछि नेपाल विद्यार्थी संघमा बबन्डर भएको छ । उनिहरुले त्रिभुवन विश्व विद्यालयमा निर्वाचन गराएर नयाँ कार्यसमिति बनाउन माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्