सिटी र एभर्टन बराबरीमा



 

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटी र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन्।

योसँगै दुबैले समान एक–एक बाडेका छन्। खेलमा शुरुआती गोल एभर्टनले गरे पनि उक्त अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो। एभर्टनका लागि खेलको ३५औं मिनेटमा वायने रुनीले गोल गरेका थिए। काल्भर्ट लेभिनको क्रसमा रुनीले गोल गरेका थिए।

१३ वर्षपछि जारी सिजन युनाइटेडबाट पुरानै क्लब एभर्टन फर्केका रुनीले उनको २ सयौं प्रिमियर लिग गोल गरेका थिए। प्रिमियर लिगमा दुई सय गोल गर्ने उनी दोस्रो खेलाडी हुन्। प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी एलन शिरर हुन्। उनको प्रिमियर लिगमा २ सय ६० गोल रहेको छ।

सिटीले गोल बेहोरेको ९ मिनेटपछि थप झट्का बेहोर्यो। टोटेनह्यामबाट यसै सिजन सिटी पुगेका कायल वाल्करले ४४औं मिनेटमा दोस्रो पहेलो कार्डको सामना गर्दै बाहिरिएपछि सिटी १० खेलाडीमा खुम्चिएको थियो। वाल्कर दुवै पटक एभर्टनका लेभिनसँग जुध्दा दोहोरो पहेँलो कार्डका शिकार भएका हुन्। तर घरेलु मैदानको साथ पाएको सिटीले खेलको ८२औं मिनेटमा बराबरी गोल फर्कायो।

उक्त दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका रहिम स्टर्लिङको नाममा रह्यो।
यता बराबरी गोल बेहोरेको ६ मिनेटपछि नै एभर्टन पनि १० खेलाडीमा खुम्चिए। खेलको सातौं मिनेटमा पहिलो पहेंलो कार्ड पाएका मोर्गान स्नाइडरलिन खेलको ८८औं मिनेटमा दोस्रो पहेंलो कार्डका शिकार भएका थिए। जारी लिगमा दुई खेलपछि सिटी र एभर्टन दुवैको समान ४ अंक भएको छ।

 

प्रतिक्रिया दिनुहोस्