सामसुङ डिजिटल प्लाजा अब नयाँबजारमा



 

नेपाल समाचारपत्र
काठमाडौं
ग्राहकहरूको विशेष सुविधालाई ध्यानमा राख्दै सामसुङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्राईभेट लिमिटेडले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा काठमाडौंको नयाँबजारमा शुरु गरेको छ।

सामसङका उत्पादनहरूको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरूलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरू उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा खोलिएको इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताउनुभयो। नयाँ शोरुम शुभारम्भ भएको अवसरमा प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो–‘हामी नयाँबजारमा नयाँ शोरुम सञ्चालन भएको घोषणा गर्दा निकै खुशी छौं।

ग्राहकहरूको बढ्दो मागका कारण हामीेलाई नयाँबजारमा नयाँशोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरूलाई विभिन्न फाइदा दिनेछ।’ डिजिटल प्लाजामा सामसुङका कर्भड टीभीएस, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रो वेभ ओभनलगायतका सामान बिक्री गर्ने छ। काठमाडौं उपत्यकाभित्र ९ वटा र बाहिर ५ वटा गरेर हालसम्म १४ वटा सामसङ प्लाजा खुलिसकेका छन्। नयाँ शोरुमको शुभारम्भसँगै कम्पनीले ग्राहकका लागि आकर्षक अफर पनि प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्