चितवनको फेसन शोमा कोमलको तीज गीत



 

तीजको अवसर पारेर दाताज इभेन्ट कम्पनीले चितवनमा फेसन शो विथ लाइभ म्युजिक कार्यक्रमको आयोजना गरेको छ। आधुनिक सुन चाँदी फेसन शो एन्ड विथ लाइभ म्युजिक विथ कोमल ओली नामक उक्त कार्यक्रम नारायणी रिसोर्ट, गैंडाकोटमा भएको हो।

गैंडाकोट महानगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम एकल नृत्यबाट शुरुआत हुँदै लेहेंगा स्विकेन्समा चितवनका किशोरी मोडेलहरु र्याम्पमा उत्रेका थिए। त्यसलगतै मिसेस चितवनका कन्टेसटेन्टहरु आस्था राउतको चौबन्दीमा पटुकी बोलको गीतमा साडी सिक्वेन्समा र्याम्पमा देखिएका थिए।

चार सिक्वेन्समा विभाजन गरिएको र्याम्प शोका लागि आईएफटी कलेजका विद्यार्थीले ड्रेस डिजाइन गरेका थिए। बीचमा घिमिरे सिस्टर्सहरुको आकर्षक नृत्यपछि तेस्रो गाउन सिक्वेन्स एव चौथोमा वानपिस ड्रेसमा मोडेलहरु प्रस्तुत भएका थिए। मोडललाई आकर्षकरूपमा प्रस्तुत हुन रनवे ट्रेनिङ सञ्चारकर्मी एवं फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धरले दिएकी थिइन्। फेसन शोपश्चात् गायिका कोमल ओली स्टेजमा उत्रेपछि कार्यक्रम अझ बढी रोचक बन्न पुगेको थियो। गायिका ओलीले आफ्ना चर्चित एवं तीजका गीतहरु ननस्टप गाएर दर्शकदीर्घाका सबै महिलालाई नचाएकी थिइन्। उनको उपस्थिति र प्रस्तुतिसँगै केही समयका लागि माहोल तीजमय बनेको थियो।

प्रतिक्रिया दिनुहोस्