जनमुखी सेवा प्रदान गर्न निर्देशन



 

नेपाल समाचारपत्र
गुल्मी
गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जनमुखी सेवा प्रदान गर्न निर्देशन दिएका छन्। हालै गुल्मीमा सरुवा भएर आएका प्रहरी उपरीक्षक द्विवेदीले मंगलबार सदरमुकाम तम्घासमा जिल्लास्थित प्रहरीका विभिन्न मातहतका प्रमुखको अन्तरक्रियामा कानुनी राज्यको मूल अवधारणबाट निर्दिष्ट रही लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै जनमुखी सेवा प्रदान गर्न निर्देशन दिए।

प्रहरी उपरीक्षक द्विवेदीले कानुन हातमा लिने जो–कोहीलाई पनि नछोड्न निर्देशन दिएका छन्। उनले जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने सवालमा कानुन मिचेर शान्ति सुरक्षा खल्बलाउने खालका अपराधिक क्रियाकलाप गर्ने जो–कोहीलाई नछोड्न निर्देशन दिएका थिए।

प्रहरीलाई जिल्लामा विपद्को उद्धारमा तयारी हालतमा रहन निर्देशन दिएका छन्। प्रहरी उपरीक्षक द्विवेदीले घरेलु मदिरा सेवन तथा बिक्री–वितरणका कढाइ गर्न मातहतलाई निर्देशन दिएका छन्। उनले चाडपर्वको बेला घरेलु मदिरा सेवनले समाजमा हो–हल्ला झै–झगडालगायतमा समाजमा अशान्ति फैलाउने खालमा घटनाहरू फैलने हुँदा नियन्त्रणमा कढाइ गर्न निर्देशन दिए।

जिल्लामा लागूऔषध, अबैध हातहतियार, वन्यजन्तु तथा मानव ओसार–पसार नियन्त्रण बढि चनाखो हुनुपर्ने बताए। जिल्लामा दुर्घटना नियन्त्रण गर्न ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउन जोड दिए। प्रहरीले सेवा प्रदान गर्ने सवालमा पीडितमैत्री, लैंगिकतामैत्री वातावरणमा लचिलो बन्न आग्रह गरे।

प्रहरी उपरीक्षक द्विवेदीले जनतालाई सेवा दिँदा नम्र बनेर सेवा प्रदान गर्न आग्रह गरे। जिल्लाका १२ स्थानीय तहमा १८ वटा प्रहरी युनिट रहेका छन्। प्रमुखहरूको अन्तरक्रियामा पूर्तिघाटको प्रहरी चौकी भवन जीर्ण अवस्थामा रहेको भन्दै अन्यत्र विकल्प गर्न माग राखेका थिए।

प्रतिक्रिया दिनुहोस्