अमेरिका रेल दुर्घटना, ४२ घाइते



 

वासिङ्टन, ६ भदौ । अमेरिकी सहर फिलाडेल्फीयामा मङ्गलबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा ४२ व्यक्ति घाइते भएका छन ।

पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर रेडफर्नका अनुसार उच्च गतिमा आएको सो रेल दुर्घटनाग्रस्त भएको थियो ।

उच्च गतिमा आइरहेको यो रेल रोकेर राखेका अर्को एक रेलसँग ठोक्किँदा दुर्घटना भएको थियो । यस घटनामा परी घाइते भएकाहरुको ज्यान जाने अवस्था भने नरहेको र रेडफर्न बताउनु भएको छ ।

मध्य रातपछि भएको यस घटनाको कारण अनुसन्धानरत रहेको पनि उहाँले जानकारी दिनु भएको छ । रासस ÷एएफपी

प्रतिक्रिया दिनुहोस्