कांग्रेसले १२ राज्यमन्त्री छान्यो,



नेपाल समाचारपत्र, काठमाडौ ।
नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । उक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरीलाई राज्यमन्त्री बनाउन सिफारिस गरेको थियो ।

कसलाई कुन जिम्मेवारी ?

१) सरिता प्रसाईं – कृषि बिकास राज्यमन्त्री

२) अमरसिंह पुन -सिचाइ राज्यमन्त्री

३) तेजुलाल चौधरी- युवा तथा खेलकुद राज्यमन्त्री

४) दिलमान प्राखिन – कानुन राज्यमन्त्री

५) अब्दुल रज्जाक – खानेपानी तथा सरसफाइ राज्यमन्त्री

६) शेषनाथ अधिकारी- शिक्षा राज्यमन्त्री

७) सीता गुरुङ- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री

८) नरबहादुर चन्द-वाणिज्य राज्यमन्त्री

९) तप्त बहादुर बिष्ट- सूचना तथा सञ्चार राज्यमन्त्री

१०) उदय शमशेर राणा- अर्थ राज्यमन्त्री

११) डिल्ली बहादुर चौधरी- श्रम तथा रोजगार राज्यमन्त्री

१२) चम्पादेबी खड्का- सहकारी तथा गरिबि निवारण राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्