बाढीपछि राहत नपाएका मुसहरहरुलाई धुर्मुसले बाँडे राहत



लक्ष्मी कुमार साह,महोत्तरी ।
महोत्तरीको सदरमुकाम जलेश्वर खैराका मुसहरहरु बाढीपछि राहत नपाएको अवस्थामा धुर्मुस सुन्तली फाउन्डेशनले राहत वितरण गरेको छ ।

जलेश्वर खैरा ३ का बाढीले डुवानमा परेका ६८ मुसहर परिवारका लागि एक पैकेज फुल परिवार अन्र्तगत त्रिपाल, सिरक, म्याट, डसना, तन्ना, चामल, दाल,तेल, नुन र मसला लगायतका राहतका प्याकेज प्रदान गरेको छ ।

अविरल वर्षा र बाढीपछि आएको यस्तो बिपद अवस्थामा सीताराम कट्टेल (धुर्मुस) जलेश्वर आउँदै जलेश्वर खैरा ३ का मुसहरहरुलाई पहिलो पटक राहत बाडी सराहनीय काम गरेको मुसहर समुदायहरु बताउँछन् ।

जलेश्वर ३ का जुगल सदा बाढी र गरिबीका कारण बिहान बेलुकीको खाना के खाने भन्ने अवस्थामा समेत नरहेकोमा धुर्मुसले बाँडेको राहत उनिहरुको लागि वरदान नै सावित भएको छ ।

गत आईतबार आएको बाढीले हाम्रो घर पूर्ण रुपमा डुवानमा पारि भत्केकोले आफू चिन्तित भएर जेनतेन भाई बुहारीका घरमा आफू लगायत पत्नी, चार छोरा र एक छोरी बाँस बसी रहेको अवस्थामा जलेश्वरमा धुर्मुस आउँदै हामीहरुले पाएको राहत पर्याप्त भएको बताउँदै तत्काल अब हामीहरुले पाएको राहतले एक महिनासम्म जीवन काट्न सक्ने बताए ।

उनले हामीहरु जस्तो एकदम पिछडिएको मुसहरलाई एक पैकेज फुल परिवार राहत सामग्री दिई हामीहरु निकै खुशी भएको जानकारी गराउदै चाँडै नै यो बस्तीमा पनि नमुना बस्तीको रुपमा मुसहरवस्त बनोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् ।

राहत वितरण गर्दै सितारामले सबैको सहयोग पाएको खण्डमा मुसहर बस्तीको मुहार फेर्ने अभियानको नेतृत्व आफूहरुले लिन तयार रहेको बताए । तराइका मुसहर बस्तीमा रहेका पीडित समुदायको पीडामा मल्हम लगाउन सके मधेस र पहाडविचको तिक्ततामा पनि कमी आउने उनको भनाई रहेको छ ।

धुर्मुस बाढी आएकै दिन सबैभन्दा पहिला तराईको सितापुर भंगहामा झरेर त्यहाँका ३५ परिवारलाई राहत वितरण गरेको छ । उनले महोत्तरीमा बाढीआएपछि दोस्रो पटक महोत्तरी आउँदै राहत वितरण गरेको छ । उनले अहिलेसम्म राहतको क्रममा करिब ३० लाखभन्दा बढीको राहत सामग्री बाडिसकेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्