ट्वाइलेटको हाँसो र भरतपुर १९



 

पत्रकार महासंघको २५औं महाधिवेसनको मतदानको दिन सोमबार कतिपय प्रचार शैली धरहराले रमाइला देख्यो। पर्चा पम्प्लेटले प्रज्ञा भवन झिलीमिली भएको कुरा त त्यति अनौठो कुरा भएन।

तर, त्यहाँ ट्वाइलेटमा पनि फलानालाई मत हाल्नु भन्दै पोस्टर टाँसेको प्रसंगलाई भने धेरैले रमाइलो मानेको देखियो। पुरुषको ट्वाइलेटमा पुरुष पत्रकार मात्रै होइन पत्रकार महिलाका पोस्टरसमेत लगेर टाँसिएका थिए। उनीहरूको पोस्टर हाँसेको अवस्थामा थिए। त्यो तस्वीर देखेर केही मतदाता पत्रकारहरू लजाइरहेको समेत देखियो।

अरू बेलामा हतारमा हुन्छन् मतदाता र ट्वाइलेटमा छिरेको बेलामा चाहिँ फुर्सदिला हुन्छन् भन्ने ठानेर पो यसो गरिएको हो कि? धरहराले कुनै अनुमान गर्न सकेन। पाठकवृन्दलाई कुनै कुरा थाहा छ भने भन्नुहोला है।

प्रसंग पत्रकार महासंघको चुनावकै। मतगणना हिजैबाट शुरू भइसकेको छ। धरहरा वरपर पत्रकारहरू गुनासो गर्दै थिए– पत्रकारको चुनावमा पनि चितवन १९ प्रकरण दोहोरियो भने पो हैरान हुन्छ। फेरि आएर मत हाल्नुपर्यो भने त डुबिने भो।

त्यस्तोचाहिँ नहोस् है। धरहराको शुभकामना।

प्रतिक्रिया दिनुहोस्