बार्सिलोना आक्रमण आक्रमणकारी प्रहरी कारबाहीमा मारिएको आशंका



 

बार्सिलोना, (एजेन्सी)
बार्सिलोनामा बिहीबार भएको भ्यान हमलाका प्रमुख संदिग्ध मुसा औकबिर मारिएको अनुमान गरिएको छ।

क्याम्ब्रिल्समा भएको एक प्रहरी कारबाहीमा मारिएका पाँच आशंकित आक्रमणकारीमध्येको एक उनी पनि भएको प्रहरीले पहिचान गरेको छ।

यसअघि प्रहरीले मुसा र अन्य तीन जनाको खोजी जारी रहेको बताएका थिए। बार्सिलोनामा बिहीबार जुन भ्यानबाट हमला भएको थियो उक्त भ्यान मुसा औकबिरले नै चलाएको आशंका गरिएको थियो।

आशंकित आक्रमणकारीले ठूलो हमलाको तयारी गरिरहेको थियो तर त्यसका लागि आवश्यक सामग्री प्राप्त नर्ग असमर्थ भएपछि उनीहरूले भ्यान आक्रमणको सजिलो मार्ग अपनाएको प्रहरीले बताए।
क्याटलान प्रहरीले बुधबार अल्कानार सहरमा एक विस्फोट भएको र त्यसले आक्रमणका लागि ल्याइएका सम्भावित विस्फोटक सामग्री नस्ट भएको बताए। क्याटलानको गिरोना शहरमा बस्दै आइरहेका मुसा औकबिर १७ वर्षका भएको बताइएको छ। उनी र उनका बाँकी संदिग्ध साथीहरू पनि मोरोक्को मुलाका थिए।
मुसाले आफ्नो दाजुको कागजात देखाएर आक्रमणका लागि भ्यान भाडामा लिएको अनुमान गरिएको छ। क्याम्ब्रिल्स शहरमा पनि उनीहरूले भ्यान हमला गरेका थिए। जसमा एक महिलाको मृत्यु भएको थियो।

तर, आक्रमणकारीको गाडी पल्टेपछि बाहिर निस्केर उनीहरूले सर्वसाधारणमाथि गोली प्रहार गर्न थालेका थिए। १८ वर्षीय सैद आला र २४ वर्षका मोहम्मद हाइक्यामी पनि प्रहरीको कारबाहीमा मारिएको प्रहरीले सञ्चारमाध्यमलाई बताए। चौथो संदिग्ध युनुस अब्दुयाकुबको खोजी भइरहेको प्रहरीले बताएको छ। बिहीबार भएको भ्यान आक्रमणमा मर्नेको संख्या बढेर १४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्