बन्दना मिसेस नेपाल ग्रान्ड



 

काठमाडौंकी बन्दना विष्ट मिसेस नेपाल ग्रान्ड २०१७ चुनिएकी छिन्। १५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिसेस ट्यालेन्टको उपउपाधिलाई पनि आफ्नो बनाइन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा काठमाडौंकी निशा क्षत्री केसी मिसेस इन्टेलिजेन्टसहित फस्ट, अलिना ध्वजु सुवेदी मिसेस कन्फिडेन्ससहित सेकेण्ड तथा पूजा शिवाकोटी गुरुङ बेस्ट वाक र पर्सनालिटीसहित थर्ड रनर्सअप भए। त्यसै गरी लिना डंगोल ताम्राकार मिसेस स्टाइलिस्ट, लीला कार्की केसी मस्ट एक्टिभ, बिना नेमकुल मस्ट फ्रेन्डली र पन्चुअल, प्रज्ञा महत क्षत्री मस्ट फिटनेस, निर्मला शाही डिसिप्लेन, हीरा सापकोटा मस्ट स्माइल र फेसन आइकन, उषा केसी दाहाल बेस्ट हेयर, श्वेता गौतम गिरी बेस्ट स्किन, दीपा तिवारी गुरुङ भिवर्स च्वाइस र मल्टी मिडिया र अनु तिवारी ठाकुर फोटोजेनिक भए। अश्विनी झाले कोरियोग्राफी गरेको प्रतियोगिताको निर्णायकमा अभिनेताहरु रमेश उप्रेती, दिनेश शर्मा, गजित बिस्ट, पत्रकार एवं फिल्म निर्देशक डब्बु क्षत्री, चिकित्सकद्वय अर्पण शाह र सुशीलजंग शाह थिए।

प्रतिक्रिया दिनुहोस्