महासंघ केन्द्रीय सदस्य सम्मानित 



हेटौंडा, (नेस) । श्रीकृष्ण प्रणामी युवा परिषद्ले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सामाजिक क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षलाई शनिबार सम्मानित गरेको छ ।
परिषद्ले आयोजना गरेको जिल्लास्तरीय अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा उनलाई सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको हो । प्रतियोगितामा रेडरोज मावि प्रथम भएको छ ।१३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा जीएस निकेतन दोस्रो र राजदेवी मावि तेस्रो भए ।

परिषद् जिल्ला अध्यक्ष विष्णुप्रसाद वाग्लेको सभाध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष प्रमोद वाग्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धार्मिक क्षेत्रबाट पण्डित कृष्णप्रसाद बजगाईं तथा एसईईमा उत्कृष्ट राजकिरण सापकोटा र अनिषा गजुरेललाई सम्मानित र पुरस्कृत गरिएको थियो । कार्यक्रममा नवतन धामका गाधीपति १०८ अमृतराज महाराजले आशीर्वचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्