अवैध विज्ञापनमा अश्वेत बालबालिकाको प्रयोग



बेइजिङ, (एजेन्सी)
चिनियाँ अनलाइन सपिङ प्लेटफर्म ताओबाओले विवादास्पद अनलाइन पसलेहरूले खिँचाउँदै गरेको आफ्ना निजी भिडियो र अफ्रिकी बालबालिकाहरूको तस्वीर हटाएको छ।

ती चिजमार्फत सम्बन्धित व्यक्तिहरूको ताओबाओबाट शोषण भएको भन्ने जन आवाज उठ्न थालेपछि यो कदम चालिएको बताइएको छ। ग्राहकहरूले व्यापार प्रवद्र्धनका लागि कलिला अफ्रिकी बालबालिकाले चिनियाँ भाषामा सन्देशहरू चिच्याए बापत पैसा तिर्ने गरेका थिए।

यो वास्तविकता पर्दाफास हुनासाथ ती बालबालिकालाई यस कामका लागि अभिभावकहरूले अनुमति दिएको वा नदिएको र तिनीहरूलाई पारिश्रमिक दिइँदै गरेका छ वा छैन भन्नेबारे प्रश्नहरू उठ्न थालेको थियो।

ताओवाओ चलाउँदै आएको अलिबाबा कम्पनीले आफूले ती अनलाइने पसलेहरूलाई हटाउने निर्णय गरेको बीबीसीलाई बताएको छ। यसअघि नै ताओवाओले प्रचलित चिनियाँ विज्ञापन प्रस्तुति कानुन उल्लंघन गर्ने केही अनलाइन पसलेमाथि अनुसन्धान गरिरहेको जनाएको बुझिएको छ।

अनलाइन भेनडर्समा राखिएका त्यस्तो भिडियो तस्वीर निकै सस्तो मूल्यमा विक्री हुँदै आएको छ। अनलाइनमार्फत आफ्नो व्यापार प्रवद्र्धन गर्ने साना व्यवसायीहरूले यो सेवा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्