समाचार प्रभाव : अज्ञात रोग प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुग्यो



धनवीर दाहाल, रुकुम ।
पछिल्लो एक सातादेखि अज्ञात रोगको प्रकोप फैलिएको रुकुमको आठविसकोट नगरपालिका–३ खदीमा काठमाडौंबाट चिकित्सकको टोली पुगेको छ । गृहमन्त्री जनार्दन शर्माको पहलमा दुई जना डाक्टर र २ जना नर्स गरी चार जना चिकित्सकको टोली औषधीसहित हेलिकोप्टरबाट रोग प्रभावित गाउँमा पुगेको हो । चिकित्सकको टोलीसँगै गृहमन्त्री शर्माका प्रमुख स्वकिय सचिव गोपाल शर्मा पनि छन् ।

काठमाडौंबाट उक्त टोली सिधैं रोग प्रभावित गाउँ खदीमा अवतरण गरेको आठविसकोट नगरपालिकाका मेयर गोर्खबहादुर केसीले जानकारी दिए । उनका अनुसार, चिकित्सकको टोली रोग नियन्त्रणमा नआउँदासम्म खदीमै रहने र हेलिकोप्टरमा बिरामीको दिसा, पिसाब, खकार, रगतको स्याम्पल लिएर आजै काठमाडौं फर्किने बताइएको छ ।
एक सातादेखि फैलिएको प्रकोपबाट खदी गाउँ पुरै प्रभावित भएको छ । गाउँका करिव दुई सयभन्दा बढी सर्वसाधारण बिरामी भएका छन् । उनीहरुमा टाउँको दुख्ने, ज्वरो आउँने, पेट दुख्ने, वान्ता हुने, हातगोडा दुख्नेजस्ता लक्षण देखिएका छन्

एक सातादेखि फैलिएको प्रकोपबाट खदी गाउँ पुरै प्रभावित भएको छ । गाउँका करिव दुई सयभन्दा बढी सर्वसाधारण बिरामी भएका छन् । उनीहरुमा टाउँको दुख्ने, ज्वरो आउँने, पेट दुख्ने, वान्ता हुने, हातगोडा दुख्नेजस्ता लक्षण देखिएका छन् ।

रोगको प्रकोप फैलिएको खवर पाउने बित्तिकै आठविसकोटका मेयर केसीले चिकित्सकको टोली ल्याउन पहल थालेका थिए । उनकै पहलमा विहिबार नगरपालिकाबाट औषधीसहितको स्वास्थ्यकर्मीको टोलीलाई घटना स्थलमा पठाईएको थियो ।

गाउँका सबै बिरामी भएको र आसपासका गाउँमा समेत यस रोगको लक्षण देखिन थालेपछि त्यसले महामारीको रुप लिन सक्ने भन्दै मेयर केसीले औषधीसहित डाक्टर पठाउँन गृह र स्वास्थ्य मन्त्रालयमा पहल सुरु गरेका थिए । फोटोः गृहमन्त्रीका प्रमुख स्वकिय सचिव गोपाल शर्मा अनलको फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्