पहिरोले फेरी अबरुद्द भयो मुग्लिन नारायणगढ सडक



चितवन, २ भदौ । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ ।

आज दिउँसो २ः १५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो । पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्