तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, को कहाँ नियुक्त हेर्नुस



नेपाल समाचारपत्र, काठमाडौ ।

निर्वाचन आयोगले असोज २ गतेको तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले स्थानीय तह निर्वाचन ऐनको दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो।

आयोगले ८ जिल्लाका १३६ स्थानीय तहमा तेस्रो चरणमा निर्वाचन गराउँदैछ। थपिएका ९ स्थानीय तहसहित १३६ तहमा निर्वाचन हुन लागेको हो।

ऐनको व्यवस्था अनुसार मुख्य निर्वाचन अधिकृतमा सम्वन्धित जिल्लाको जिल्ला अदालतका वरिष्ठतम न्यायाधीश नियुक्त गर्ने प्रचलन छ। निर्वाचन अधिकृतमा भने आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका उपसचिव स्तरसम्मका कर्मचारी नियुक्त गरेको छ।

नियुक्तिसँगै आयोगले मुख्य निर्वाचन अधिकृतलाई भदौ ७ गतेसम्म कार्यालय स्थापना निर्देशन दिएको छ। यस्तै, निर्वाचन अधिकृतलाई भदौ १२ गतेसम्म कार्यालय स्थापना गर्न आयोगले सूचित गरेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको प्रशिक्षण भदौ ४ र ५ गते हुने निर्वाचन आयोगले जनाएको छ।

हेर्नुस यस्तो छ नामावली

प्रतिक्रिया दिनुहोस्