मण्डलामा रोमाञ्चक बस यात्रा



 

सार्वजनिक बसमा यात्रा गर्दा एक युवकले भोगेको घटनालाई मानिसको जीवनसँग सांकेतिकरूपमा प्रस्तुत गर्दै अनामनगरस्थित मण्डला थिएटरमा को १ छ, ६ सय १६ नाम नाटक मञ्चन गरिएको छ।

सार्वजनिक बसमा यात्रा गर्ने युवकको भेट एक युवतीसँग भएको रोमाञ्जक बस यात्रालाई नाटकमा मुख्य विषय बनाइएको छ। युवतीको सुन्दरतासँग प्रभावित युवकको मनमा उसलाई मनको कुरा व्यक्त गर्न नसक्दा कस्ता–कस्ता उपायको प्रयोग हुन्छ भन्ने विषयलाई नाटकको माध्यमबाट रोचक ढंगमा व्यक्त गर्ने प्रयास गरिएको छ। पूरै नाटक गीग–संगीतमा होमिनु र फरक खालका संवादको प्रयोग हुनु यस नाटकको नौलो पक्ष रहेको छ।

रोशनराज थापा ‘आधासुर’ को कथा, परिकल्पना र निर्देशनमा तयार पारिएको नाटकमा उनका साथमा दीपक श्रेष्ठ, दीक्षान्त अधिकारी र निरज रेग्मीको प्रत्यक्ष संगीत रहेको छ। अमृत ढुंगाना, निशा कार्की, रियन राई, आयान खड्का, मिलन कार्की, रोहित पौडेल, अनुप न्यौपाने, सागर दाहाल र पुष्कर कार्कीले अभिनय गरिरहेको नाटक आगामी भाद्र १७ गतेसम्म मञ्चन हुने मण्डला थिएटरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्