देरभर भीषण वर्षा,कैयौ परिवार विस्थापित,दर्जर्नौ मानिसको मृत्यु



नेपाल समाचारपत्र, काठमाडौ ।

केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका घटना बढ्दै गइरहेका छन्। पहाडी क्षेत्रमा पहिरोका कारण मृत्यु हुने र तराईमा बाढीबाट वस्ती नै डुबानमा पर्ने घटना बढेका छन्। मध्य साउन मनसुन सक्रिय हुने समय हो।

तराई जलमग्न, हालसम्म २३ को मृत्यु, ४ बेपत्ता

इटहरी उपमहानगरपालिकामा बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । राति नै बाढीले बगाएका ६ व्यक्तिको शव शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वालवालिकासमेत छन् ।

स्थानीय ट्यांग्रा खोला र बुढीखोलाको किनारमा ५ जनाको शव भेटिएको छ भने तरहरामा एकजना वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार बाढीले बगाएर इटहरी ३ गैरीगाँउका ३० वर्षीय माला साह, उनकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भई इटहरी ४ बस्ने माला राईका तीन बर्षे छोरा रुपेस राई र ८ वर्षकी छोरी रुपसनी राईको मृत्यु भएको छ ।

घरमा बाढी पसेपछि इटहरी ४ आइतबारेका ४० बर्षीय ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रातिको तुलनामा बिहान इटहरीमा बाढी केही घटेको छ । तर, पानी भने अझै परिरहेको छ ।

ससका अनुसार सिन्धुलीमा शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ ।

सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो । आज बिहान करिब २ बजे घर माथिबाट आएको पहिराले पुरिएर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र आठवर्षीय मनिष रहेको परिवार स्रोतले जनाएको छ ।

मोरङमा १५ सय घर डुबे

अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा धन–जनको क्षति भएको छ । बाढी र डुबानले मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् ।

लगातारको वर्षाले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुबेका छन् । डुबानबाट अन्दाजी ६ सय घर डुबेको र उनीहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
यता, रतुवामाई नगरपलिका ७, ८, ९ र ५ को रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पानी पसेको छ । पानी पसेपछि झन्डै ७ सय घर डुबानमा परेका छन् । डुबानमा परेका परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ।

बारामा एकको मृत्यु, दर्जर्नौ वस्ति डुवानमा

बारामा दुई दिनदेखिको अविरल बर्षापछिको डुवानले भत्किएको घरले थिचेर एक महिलाको मृत्यु भएको छ । बाढीले जिल्लाका दर्जनौं वस्ति डुवान र पुर्ववश्चिम राजमार्गका विभिन्न स्थानमा राति ११ बजेबाट सडक अवरुद्ध बनेपछि जनजीवन प्रभावित बनेको छ ।

घरमा सुतिरहेको अवस्थामा भएको रात्रि एक्कासी भएको डुवानले भत्किएको कच्ची फmुको घरले थिचेर सिम्रनगढ नगरपालिका ८ की ४५ बर्षीया गहनी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । उपरीक्षक घिमिरेले बाढीले जिल्ला सदरमुकाम कलैया बजार, कोल्हवी नपा लगायत दक्षिणी भेगको फेटा, बारागढी, परवानीपुर, फत्तेपुर गाउपालिकाका दर्जनौं वस्ति डुवानमा परेको र जनजिवन प्रवावित बनेको छ ।

कोल्हवी नपाको झुरझर खोला पुल बगाएपछि आवागमन रोकिएको छ । बाढी र डुवान प्रभाहित क्षेत्रमा प्रहरी परिचालन गरिएको उद्धार शुरु गरिएको उपरीक्षक घिमिरेले जानकारी दिए ।

अत्याधिक बर्षले जिल्लाको बकैया, भाँग्रा, पसाहा, श्रीसिया, दुधौरा, खोलामा पानीको बहाव बढेको छ । बाढीले नदी आसपासको क्षेत्रमा कटान बढाएपछि त्रसित स्थानीयलाई सुरक्षित स्थानतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी बाढी र बर्षाको भल पानी पसेर सडक जलमग्न र भत्किएपछि पुर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा सवारी अवरुद्ध छ । अमलेखगंजस्थित ३ नम्बर पुलमा हालै जडान भएको बेली ब्रिजको फाउण्डेशनबाट बाडीले तारजाली बगाएपछि बिहान ९ बजेबाट प्रहरीको निगरानीमा पुरानो पुलबाट यातायात संचालनमा ल्याएको छ । निजगढस्थित जमुना पैनीको कल्भर्ट पुल र भमरा खोला छेउबाट पसेको बाढीले अवरुद्ध बनेको राजमार्गमा सयौं यात्र र मालबहाक साधन अलपत्र बनेका छन ।

जमुना पैनको बाढीको रातिदेखि नै डुवानमा परेको एउटा कन्टेनर र टाटा मोवाइल जिप निकाल्न प्रहरी र निजगढ नपा कर्मचारीले बिहान सबेरैदेखि गरेको प्रयास सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्