एञ्जेलिना सम्बन्धविच्छेद तोड्दै



ओस्कार विजेता हलिउड अभिनेत्री एन्जेलिना जोलीले आप्mनो अभिनेता पति ब्राड पिटसँगको सम्बन्धविच्छेदलाई नलम्ब्याउने आशय प्रकट गरेकी छिन्।

जोलीले सम्बन्धविच्छेदपछि ब्राड कत्तिको बदलिएका छन् त्यो देख्न चाहेको समाचारमा जनाइएको छ। सन् २०१६ सेप्टेम्बरमा सम्बन्धविच्छेद दर्ता गरेकी जोलीले फेरि सम्बन्धविच्छेद तोड्न चाहेको खबर बाहिर आएको हो।युएस विक्लीमा प्रकाशित रिपोर्टमा जनाइएअनुसार एञ्जेलिनाले सम्बन्धविच्छेद तोड्न चाहेको खुलाशा गरिएको छ। पछिल्लो केही महिनामा ती दुईले सम्बन्धविच्छेद अघि बढाउन कुनै कदम अघि चालेका थिएनन्।

जोली र ब्राडले १२ वर्ष लामो सम्बन्धलाई निरन्तरता दिन नसक्ने भन्दै अलग्गिएका थिए। सन् २०१४ मा विवाह गरेका दम्पतीको ६ सन्तान रहेका छन्। जसमध्ये तीनजनालाई जोलीले आप्नै गर्भबाट जन्म दिएकी हुन् भने तीनजनालाई धर्मसन्तानका रूपमा ग्रहण गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्