महाकाली राजमार्ग अवरुद्ध



विनोद सिंह विष्ट, बैतडी ।
केही दिनदेखिको लगातारको बर्षाले सडक माथिवाट पहिरो खस्दा आज बिहानदेखि महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर–दार्चुला सडकखण्ड अन्तर्गत शैल्यशिखर ६ चैतलीचोरमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रहरी नायव उपरिक्षक केदार खनालले जानकारी दिनुभयो ।

गएरातीदेखिको अविरल बर्षका कारण आज बिहान ९ बजेतिर खसेको पहिरोको कारण सडक अबरुद्ध हुदा यातायात पुर्ण रुपमा बन्द भएका उहाँले बताउनुभयो ।

अबरुद्ध सडक खुलाउन जेसिवी लगाएर खुलाउने प्रयास भईरहेको छ उहाँले भन्नुभयो“सडक माथिवाट ठुलै पहिरो खसेकोले शनिवार बिहान सम्म सडक सुचारु हुन्छ ।”

सडक अवरुद्ध हुदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला लगायत छोटो लामो दुरीका सवारी साधन चल्न नसक्दा यात्रु अलपत्र परेका छन ।

प्रतिक्रिया दिनुहोस्