पाँचथरमा पहिरो खस्यो, १ जनाको मृत्यु एकै परिवारका तिन जना बेपत्ता



गणेश साम्पाङ, पाँचथर ।

जिल्लाको फालेलुङ गाउँपालिका–३ साविक मेमेङ गाविसको ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर एक जनाको ज्यान गएको छ भने एकै परिवारका तीनजना बेपत्ता भएका छन ।

पहिरोमा परि फालेलुङ १ का ८० बर्षिय त्रिलोचन विकको ज्यान गएको छ । त्यसैगरी वडा नम्बर ३ का ५९ बर्ष विष्णुभक्त राई, उनकी १३ बर्षिय छोरी गंगा र १३ बर्षिय नातिनि प्रिया बेपत्ता भएका छन । पहिरोले १३ किलोवाट क्षताको निवाखोला साना जलविद्युत आयोजना पनि बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्