जिल्ला शिक्षा कार्यालय रौतहटका सबईन्जिनियर घुस रकमसहित पक्राउ



सञ्जय कार्की, रौतहट । जिल्ला शिक्षा कार्यालय रौतहटका एक जना सबईन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा स्थित क्षेत्रिय कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्र खडका नेतृन्वको टोलीले ३५ हजार घुस रकम सहित जिल्ला शिक्षा कार्यालय रौतहटका सबईन्जिनियर ललन कुमार सिंह लाई सदरमुकाम गौर बाट पक्राउ गरेको हो । पक्राउ परेका सिंहले माधबनारायण गाउपालिका स्थित श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेस्रो किस्ता बापतको बक्यौता रकम फछ्र्यौट गर्न तत्कालीन प्रधानाध्यापक राम उदार यादव सँग उक्त घुस रकम लिदै गरेको अवस्थामा पक्राउ परेका हुन ।

सिह लाई गौर स्थित बीपी चौकमा रहेको प्रदिप केशरीको चिया पसल बाट पक्राउ गरिएको जनाइएको छ । दुई बर्ष अघि भवन निर्माण भएपनि तेश्रो किस्ता बापतको रकम निकासा गरिदिने भन्दै सब–ईन्जिनियर सिंहले विद्यालयका पूर्व प्रधानाध्यापक यादव सँग रकम माँग गरेपनि यादबको उजुरीको आधारमा उनी आयोग बाट खटिएको टोलि द्धारा पक्राउ परेको स्रोतले जनाएको छ । पुर्ब प्राध्यानाध्यापक यादब अनियमितताको आरोपमा आफै पनि तारेखमा रहेको जनाइएको छ ।

शिक्षा कार्यालयका सब–ईन्जिनियर सिहले २ वर्ष अघिको बिद्यालयको रकमनिकासाका लागि घुस रकम मागेको जनाइएको छ । अख्तियारबाट उक्त रकम लिएर आएका पूर्व प्राध्यानाध्यापक यादवले सव इन्जिनियर सिंहलाई चिया पसलमा बोलाएर उक्त रकम दिएर बाहिरिना साथ अख्तियार टोलिले उनलाई रकम सहित पक्राउ गरेको हो । आयोग टोलीले सिंहलाई पसलमानै पक्राउ गरेपनि रकम भने सबईन्जिनियर सिहले चिया पसलको फ्रिजमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको बताइएको छ ।

पक्राउ परेका सिंहलाई आयोगको टोलिले सिसाको ग्लास भित्र भरिएको पानीमा हात भिजाउन लगाउदा पानी रातो भएको थियो तर सोही प्रकृतीको पानीमा जिल्ला शिक्षा अधिकारी रामविनय सिंहलाई भिजाउन लगाउदा पानी सेतोनै रहेकाले अधिकारी सिहको संलग्नता नदेखिएको आयोग टोलिले जनाएको छ । प्रहरी नायब उपरिक्षक महेन्द्र खडकाले पक्राउ परेका सिहको सम्बन्धमा थप अनुसन्धान हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्