पार्कमा सबैका सामु यौनक्रिया



 

वेस्ट एल्लिस, (एजेन्सी)
अमेरिकाको एक युगल जोडीले विस्कोन्सिन स्टेट फेयरमा आगन्तुकहरूका ेअगाडि नै ढुक्कसँग यौन सम्पर्क गरेको खबरले अमेरिकी सञ्चारमाध्यम तात्तिएको छ। वेस्ट एल्लिसस्थित उक्त रमाइलो मेलामा नाम नखुलाइएका ती महिला र पुरुषले निर्धक्क सार्वजनिक स्थलमा यौन सम्पर्क गरिरहेको भिडियो अनलाइनमा भाइरल भएको न्युज स्टेसन डब्ल्यूआईटीआईले जनाएको छ।

सो मेलामा खटिएका अधिकारीहरूले तिनीहरूको आपत्तिजनक भिडियो फुटेज सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको पुष्टि गरेका छन्। तर उक्त मेला आयोजक पक्षका प्रवक्ता क्रिस्टी चकलले अनुसन्धान शुरू भएपछि सो भिडियो हटाउन लगाएका जानकारी गराएकी छिन्।

ती जोडीले आफूहरूको भिडियो खिचिँदै गरेको थाहा भएको भिडियोमा नांगो नितम्ब स्पष्ट देखिएका पुरुषले क्यामेरातर्फ हात हल्लाएको पनि देखिन्छ। यसरी खुलमखुला यौन कार्य भइरहेको देखेपछि मेला हेर्न पुगेका मानिसहरूको डरले भागाभाग भएको थियो।

एक जना आगन्तुक मोर्गान ह्याकेन्सनले आफूहरू बच्चा बनाउने नभई त्यहाँ हर्स शो वा डग शो हेर्न आएको गुनासो सञ्चारमाध्यमलाई गरेका छन्। विस्कोन्सिन स्टेट फेयर पार्कका प्रहरीले ती जोडीलाई मिल्वाउकी कान्टी जेलमा थुनेका छन्। तिनीहरूलाई चाँडै नै आपराधिक अभियोग लगाएर अदालतमा पेस गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्