कास्कीको रिभानमा पहिरो, १५ घर क्षति, विभिन्न संस्थाद्वारा राहत सहयोग



धन बस्नेत,पोखरा ।

गएको मंगलबार राती १० बजे कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ५ रिभान स्थित खहरे खोलमा आएकको बाढीले १५ घर क्षतिग्रस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार घरसँगै गाईबस्तु तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । स्थानीय देवीलाल लामिछानेको घर क्षति पुगेको छ भने गाईको मृत्यु तथा पाँचसय कुुखुरा बगाएको जनाएको छ । त्यसैगरी फोमाया विकको घरसहित चारवटा बाख्रा बगाएको छ ।

त्यस्तै प्रविण लामिछाने, गंगा आचार्य, सन्तुमाया लामिछाने, हिमाल भुषाल, गंगा विक, प्रेमबहादुर विक, नरबहादुर विक, कमला परियार, गंगा विक, प्रल्हाद लामिछाने, डम्बर विक, खेमकुमार विक र रेशम लामिछानेको घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन् ।

बाढी पहिरोले घर बगाएको घटना लगत्तै घाचोकस्थित प्रहरी सहायक निरिक्षक विलबहादुर थापाको कमाण्डमा गएको प्रहरी टोलीले उद्दार कार्य गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक खड्कबहादुर खत्रीको कमाण्डमा १५ सदस्यीय टोली उद्दारको लागि घटनास्थल पुगेको थियो । नेपाली सेना, शसस्त्र प्रहरी तथा स्थानीयबासीले समेत उद्दार कार्यमा तदारुकता देखाएका थिए ।

पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले प्रति परिवार १५ हजारको दरले राहत सहयोग उपलब्ध गराएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्र जिल्ला सदस्य प्रविण अधिकारीले पार्टीको तर्फबाट १३ थान कम्बल १३ थान त्रिपाल प्रमुख जिल्ला अधिकारी माफर्त वितरण गरिएको छ । त्यस्तै जिल्ला रेडक्रस सोसाईटी कास्कीका सभापति बामदेव ढुंगानाले परिवारको लागि खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्