यसरी ‘हिट’ हुँदैछ प्रेमविवस को तिज कोसेली (भिडियो सहित)



नेपाल समाचारपत्र, काठमाडौं । गायक प्रेमविवश घर्तीले हिन्दु हरितालिका तिजमा यस पटक अलि छम छम नाच्ने खालको तिज कोसेली बजारमा ल्याएका छन ।

२०६२ सालमा रेडियो नेपालबाट लोकगीत विधामा स्वर परिक्षा उतिर्ण गरेका घर्तीले २०६३ साल देखी लोक तथा दोहोरी गीत रेकर्ड गर्न शुरु गरेता पनी २०७१ साल देखी तिजको गीत गाउन शुरु गरेका थिए । २०६८ सालमा “भयो माया भयो तिम्रो माया पाउनु त आसै मरि गयो” बोलको गीत विष्णु माझी सँग गाएपछी चर्चा बटुल्न शुरु गरेका घर्ती ले २०७१ सालमा पहिलो तिज गीत झक्कास नामक एल्बम दर्शक श्रोतासामु ल्याए ।

जुन गीतले घर्ती लाइ निकै चर्चाको शिखरमा पुराएको थियो । जस्मा “दामी दामी मैयाको झक्कास झक्कास नाचो” बोलको गीतले धेरै दर्शक र स्रोताको मन जित्न सफल भएको थियो । त्यसपछी थुप्रै लोक तथा दोहोरी गीत रेकर्ड गरी दर्शक र श्रोताको मन जित्दै आएका घर्तीले निरन्तर रुपमा हरेक वर्ष हरितालिका तिजलाइ मध्यनजर गरेर तिजका गीतहरु दर्शक श्रोतामाझ पस्कि रहेका छन् । गत २०७३ सालमा पनी घर्तीको “छोटो छोटो चोली” नामक तिज गीतले धेरै दर्शक श्रोताको मन जितेको थियो । शुवास घर्तीको शब्द अनी गायक घर्तीकै लयमा रहेको गीतमा गायक लाइ गायिका टीका पुनले साथ दिएकी थिइन भने संयोग नै मान्नुपर्छ यो वर्ष भने गायक घर्तीलाइ गायिका टीका पुन नभएर गायिका टीका खड्काले साथ दिएकी छिन् ।

पछिल्लो समयमा शब्द श्रृजनामा प्रेमविस लाई हरेक गीतमा साथ दिदै आएका सर्जक शुवास घर्तीेले यो सालको तिज गीतमा पनी निकै रमाइला र रोचक शब्द श्रृजना गरेका छन् भने गायक घर्ती ले निकै मिठो सँगीत भरेका छन् । घर्तीका प्राय गीतहरु नाचौ नाचौ लाग्ने खालका हुने गर्दछन् र यो सालको तिज गीत पनी मज्जाले नचाउने खालको रहेको छ ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्