लायन्सको क्लस्टर नं. २ को संयुक्त पदस्थापन सम्पन्न



टंकराज अधिकारी, पोखरा ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगत क्लस्टर नं. २ को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार पोखरामा सम्पन्न क्लस्टर नं. २ का ३५ वटा क्लबको एकै दिन पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

 

बिगत बर्षहरुमा प्रत्येक क्लबहरुको फरक फरक दिनमा पदस्थापन गर्दा लामो समय लागेकोले यस बर्ष डिष्ट्रिक्ट अन्र्तगतका क्लबहरुलाई क्लस्टरमा बिभाजन गरी संयुक्त पदस्थापनको सुरुवात गरेको डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले जानकारी दिए । डिष्ट्रिक्टमा रहेका ३२७ वटा क्लबलाई ९ वटा क्लस्टमा बिभाजन गरिएको छ ।

 

क्लस्टर नं. २ अन्र्तगतका ३५ वटा क्लबका लायन बर्ष २०१६÷१७ अध्यक्षहरुले शुक्रवार नै बर्ष १७÷१८ का अध्यक्षलाई पदभार हस्तान्तरण गरेको क्लस्टर २ का प्रमुख मोहनबाबु खड्काले बताए । सो अवसरमा निवर्तमान अध्यक्षले आफ्नो कार्यकालमा भएका कार्यक्रमहरु जानकारी गराएका थिए भने शुक्रवार मात्र पदस्थापित भएका नयाँ अध्यक्षहरुले यो बर्ष गरिने कामहरुको खाका प्रस्तुत गरेका थिए ।

 

क्लस्टर नं २ को संयुक्त पदस्थापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्रहिन संघका केन्द्रिय अध्यक्ष रमेश पोखे्रलले लायन्सले सञ्चालन गरेको पढाऔं अभियानले शिक्षाबाट बञ्चित बालबालिकालाई बिद्यालय जाने वातावरण मिल्ने हुदाँ यसलाई प्रभावकारी तवरले सञ्चालन गर्न सुझाव दिए । उनले भने लायन्सहरुले पवित्र भावनाका साथ समाजसेवा गरिरहेकोले लायन्सले सञ्चालन गरेको जुनसुकै पनि कार्यक्रम सफल हुने बताए ।

डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले लायन बर्ष २०१७÷१८ का बिभिन्न कार्यक्रमहरु मध्ये पढाँऔं अभियान यो बर्षको मुख्य कार्यक्रम रहेको जानकारी दिदै शिक्षाबाट बञ्चित बालबालीकालाई बिद्यालयसम्म जाने वातावरण बनाउन सबैले सघाउन आग्रह गरे । उनले भने “लायन्स जस्ता सामाजिक संघसंस्थाले नेपालको शिक्षा स्वास्थ्य वातावरण तथा सामाजिक क्षेत्रमा पु्याएको योगदान महत्वपुर्ण छ” ।

पढाऔं अभियानले नेपालको शिक्षा क्षेत्रमा दिर्घकालिन प्रभाव पार्न सक्ने भएको हुदा नेपालका दुर दराजमा रहेका कयौं बालबालिका शिक्षाबाट बञ्चित रहेकाले आफुले पढाऔं अभियान सञ्चालन गरेको जानकारी दिए । उक्त अभियानमा हालसम्म करिव २ करोड रुपैया संकलन भएको छ । लायन्स अन्र्तराष्ट्रियको सय बर्षमा आफु गर्भनर भएको स्मरण गर्दै डिष्ट्रिक्टले सयवटा कार्यक्रम सञ्चालन गर्नेे बताए । हरेक शुक्रवार लायन्स स्कुल सञ्चालन गरेर ५ हजार भन्दा बढी लायन्स सदस्यहरुलाई स्कुलमा उपस्थित गराउने लक्ष्य रहेको उनले जानकारी दिए ।

 

मल्टीपल काउन्सिल चेयरपर्सन बालकृष्ण बुर्लाकोटीले नेपाली लायन्स क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुयाएको स्मरण गर्दै डिष्ट्रिक्ट ३२५ बी १ नेपाल लायन बर्ष २०१६÷१७ मा संसारकै उत्कृष्ठ डिष्ट्रिक्टमा पर्न सफल भएको बताए ।

 

यसै गरि पुर्व मल्टीपल काउन्सिल चेयरपर्सहरु दीपक श्रेष्ठ, राजन लम्साल, गिरधारी शर्मा, प्रेमबहादुर श्रेष्ठले डिष्ट्रिक्टले अगाडि सारेको यो बर्षको मुख्य कार्यक्रम पढाऔं अभियानले नेपालको शिक्षा क्षेत्रमा राम्रो प्रभाव पार्न सक्दछ, यस अभियानबाट शिक्षाबाट बञ्चितं बालबालिका प्रत्यक्ष रुपमा लाभान्वीत हुने भएकोले प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन सुझाव दिएका थिए ।

 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले लायन्सले सञ्चालन गरेको पढाऔं अभियान प्रभावकारी रहेकोले निजि क्षेत्रबाट पनि सहकार्य गर्न तयार रहेको बताए । उनले सो अवसरमा आफ्ना स्वर्गिय पिता दयाशंकर पालिखेको नाममा रु ५० हजार रुपैयाको कोष घोषणा गरे ।

 

कार्यक्रममा पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर अशोक कुमार श्रेष्ठ, चिफ डिष्ट्रिक्ट एड्भाईजर मनबहादुर रोका, नेपाल पत्रकार महासंघका कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्याविनेट सेक्रेटरी चण्डी प्रसाद अर्याल, क्लस्टर २ का प्रमुख मोहनबाबु खड्का, एम्बासडर अफ गर्भनर किशोर बराल लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्