भगवती तिमल्सिना

स्वास्थ्य क्षेत्रको सुधार र २०७२ को संविधानमा उल्लेख भए अनुसार आम जनताको स्वास्थ्य अधिकारको रक्षा गर्ने योजना सहित स्वास्थ्य मन्त्री  गिरीरामणी पोखरेलले आइतबार २६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ। मन्त्री पोखरेलले सार्वजनिक प्रतिबद्धताको कार्यान्वयनका लागि एक साताभित्र समय तालिका सहितको कार्ययोजना बनाई प्रकृया अगाडि बढाईने बताउनुभएको छ। मन्त्री पोखरेलले संविधान लागु गर्न नेताको आचरण बदलिनुपर्छ र देशका हरेक काम गर्ने तवरतरिकालाई सिस्टममा लानुपर्छ भन्नुभयो। यतिबेला देश संक्रमण कालिन अवस्थामा रहेको र प्रत्यक्ष अप्रत्यक्ष रूपमा जनस्वास्थ्य र चिकित्सा शिक्षालाई नाफामुखी व्यवसायका रूपमा लैजान खोज्ने केही समूहले चिकित्सा शिक्षा विधेयक संशोधन सहित पारित गर्न समेत नदिने र संसदमा प्रवेश नै गर्न नदिने जस्ता खेलको पछाडि लाग्नु दुखद कुरा भएको पनि उहाँको भनाई छ। यस्तो खाले व्यवसायका लागि ०५६ साल देखि नै निकास खोजीदै आएको रहेछ भन्ने कुरा आफु शिक्षा मन्त्री हुँदाका समय चिकित्सा शिक्षा विधेक बनाउने क्रममा अध्ययन गरेको बताउनुभयो।
यीनै समूहको स्वार्थ र नाफामुखी व्यवसाय संचालनमा आएकै कारण नेपालको चिकित्सा शिक्षामा पछिल्लो समय बेथिति देखिएको र सर्वसाधारण जनताको नैसर्गिक अधिकार समेत कुष्ठित बनाउने कार्यमा जरा गाडेको कुरा समेत उहाँले उल्लेख गर्नुभयो। सरकारले बनाएका नीति नियम र सर्वोच्च अदालतले दिएको निर्देशनको समेत अवज्ञा गर्दै चिकित्सा शिक्षामा स्नाकोत्तर बिषयमा अन्ययन गर्ने विद्यार्थीहरूलाई उच्चतम अंकका आधारमा भर्ना गर्नुपर्नेमा शिक्षामा टेण्डर सिस्टम बनाई बढाबढ शुल्क जस्ले तिर्छ उस्लाई भर्ना गरियो। यस्ता विकृति र विसंगती हटाएर कानूनी राज्यको स्थापना होस चिकित्सा शिक्षा विधेयक छिटो पारित गरियोस लगायतका माग राख्दै यतिबेला चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसी १६ दिन देखि ११औं पटकको आमरण अनसनमा बस्नुभएको छ। सरकारले यस बिषयमा गम्भिरतापूर्वक अझै लिएको छैन र सत्ता टिकाउने र कुर्सी जोगाउने दाउँमा जनस्वास्थ्य र चिकित्सा शिक्षा माफियाको हातमा सुम्पिदै गरेको डा.केसीको आरोपछ।
मन्त्री पोखरेलले सार्वजनिक गरेको प्रतिबद्धता यस्तो छःनेपालको संविधान, २०७२ अनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक संक्रमणकालीन अवधिमा स्वास्थ्यलाई जनताको अधिकार र दायित्वका रूपमा स्थापित गर्ने नीति र कार्यक्रम ल्याउन र कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालय पूर्णरूपले प्रतिवद्ध हुनेछ।
२०६२।६३ को आन्दोलन पछि हाम्रो नेतृत्वले १० बुंदे आधारपत्र तयारगरी स्वास्थ्यमा सवैको पहँुच पुर्याउन अति गरीव, असहाय र विपन्नलाई आधारभूत स्वास्थ्यसेवा लगायत निःशुल्कको राष्ट्रिय कार्यक्रम ल्याउनुका साथै क्यान्सर, मुटु, मृगौला, लगायतका रोगको उपचारमा सांकेतिक अनुदान दिने व्यवस्था गरिएको थियो। सोहि अवधिमा आमासुरक्षा कार्यक्रम लागु गरियो र प्राथमिक स्वास्थ्यको पुर्नजागरण गर्न महाशाखा समेत स्थापना गरीएको थियो।  अन्तरिम संविधानमा स्वास्थ्य अधिकारलाई समावेश गर्न सफल भएका थियौें र स्वास्थ्य वजेटमा बृद्धि गरि एक पछि अर्को कार्यक्रमद्वारा जनताको स्वास्थ्यमा राज्यको दायित्व हुन्छ भन्ने मान्यता स्थापित गरेका थियौं। त्यस पछिका सरकारहरूले ती नीति र कार्यक्रमहरूलाई निरन्तरता दिएको छ।
स्वास्थ्य क्षेत्रमा पहँुच, गुणस्तरीयता, उपलब्धता, स्वास्थ्य प्रणालि सुदृढीकरण (औषधि उपकरण, जनशक्ति, सूचना, भौतिक पूर्वाधार र संरचना), सर्ने रोगका अतिरिक्त नसर्ने रोग मुल समस्याको रूपमा रहेका छन। एकातिर सहश्राब्दी विकासका लक्ष्यहरू ९ःम्न्० अझै पुरा भएका छैनन भने अर्कोतिर दिगो विकास लक्ष्य ९क्म्न्० पुरा गर्ने नयाँ जिम्मेवारी थपिएका छन। यस्तो स्थितीमा यी समस्या समाधान गर्दै स्वास्थ्य अधिकार स्थापित गर्ने दिशामा अर्को गुणात्मक फड्को लिने अवसर प्राप्त भएको छ। “स्वस्थ्य नेपाल – समृद्ध नेपाल” निर्माण हाम्रो अभिष्ट हुनेछ।
सामाजिक समावेशिकरणको अवधारणालाई आत्मसाथ गर्दै निम्नलिखित प्रतिवद्धता मार्फत उल्लेखित दायीत्वलाई पुरा गर्न चाहान्छौं। विशेषतः बहुसंख्यक किसान, मजदूर, दलित, महिला, बालबालिका, अपांग र जेष्ठनागरिकहरूको स्वास्थ्यस्ांग हाम्रो विशेष सरोकार रहने छ। सामन्तवादी उत्पिडनमा परेका सिमान्तकृत जनतालाई स्वास्थ्य तथा विकास सहकारीहरू मार्फत सशक्तिकरण गर्दै नयां संविधानले मार्ग निर्देशन गरेको समाजवादी अभिमुखिकरणलाई सफलिभूत बनाईनेछ।
१. नेपालको संविधान (२०७२) द्वारा प्रदत्त स्वास्थ्य अधिकारहरू दृढतापुर्वक क्रियान्वायन गरिनेछ। प्रत्येक नागरिकले आधारभूत स्वास्थ्यसेवा राज्यवाट निःशुल्क प्राप्त गर्ने अधिकारलाई सवै तहमा लागु गरिनेछ   २. संविधानमा भएको व्यवस्था अनुसार आधारभुत स्वास्थ्य सेवा निःशुल्क रूपमा लागु गरिने छ र सो बाहेकका  सेवाहरूको लागि स्वास्थ्य विमाको नीति लागु गरिनेछ। तर गरिव, विपन्न तथा लक्षित वर्ग र अति अपांगको स्वास्थ्य बिमा योगदान रकम ९एचझष्गm० राज्यको दायित्व हुनेछ।
आर्थिक जोखिमको सुरक्षा प्रत्याभुति गर्न सेवा र सुविधाको दायरा विस्तार गरिनेछ। नेपाल सरकारले पहिचान  गरेको २५ जिल्लाका अतिगरिव र विपन्न परिवारलाई स्वास्थ्य विमा प्रिमियमको तत्काल रकम उपलब्ध गराई उनिहरूलाई विमित गरिनेछ। क्रमशः सवै जिल्ला र तहवाट गरिव तथा लक्षित वर्गलाई विमित गर्ने लागायतका स्वास्थ्य सुरक्षा लागु गरिने छ।
व्यक्तिलाई सरकारी स्वास्थ्य निकायबाट उपचार संभव नभएमा नीजि स्वास्थ्य संस्थाहरूमा प्रेषित गरिने छ। सामाजिक दायित्व अन्तरगत निजि संस्थाहरूले स्वास्थ्यसेवा पारदर्शिरूपमा गरिव तथा लक्षित वर्गलाई उपलब्ध गराउनु पर्ने छ र सो को मन्त्रालयले सहजिकरण तथा नियमन गर्ने छ। साथै निजि स्वास्थ्य संस्थाको सेवा व्यवस्थापन मापदण्ड वर्गिकरणमा आधारीत गरि परिमार्जन गरी लागु गरिने छ।
३. स्वास्थ्यमा गरिने खर्च आर्थिक भार नभई लगानी हो। मानव स्वास्थ्यमा गरेको लगानीले कैयो गुणा आर्थिक बृद्धि गर्ने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ। स्वास्थ्यलाई अधिकार र दायीत्वको रूपमा स्थापित गर्न आवश्यक राज्यको दृढ आर्थिक प्रतिवद्घताको लागी स्वास्थ्य मन्त्रालयले अथक प्रयत्न गर्नेछ। “स्वस्थ्य नेपाल – समृद्ध नेपाल” भन्ने नाराका साथ बहुपक्षिय साझेदारीमा सवै नीतिमा स्वास्थ्य नीति ९ज्भबतिज ष्ल बिि उयष्अिथ० को नीतिलाई अगाडि वढाउन स्वास्थ्य मन्त्रालयले संरचना सहितको संयोजनकारी भुमिका खेल्ने छ।
४. २०६२⁄६३ को जनआन्दोलनद्वारा निर्मित अन्तरिम संविधानले दिएको स्वास्थ्यअधिकार क्रियान्वयन गर्न हाम्रै नेतृत्वको सरकारले विगतमा स्वास्थ्य वजेटलाई कुल वजेटको ७.२ प्रतिशत पुर्याएको थियो। नेपालको संविधान, २०७२ ले स्वास्थ्य अधिकारलाई अझ विस्तार गरेको छ र संघिय संरचनाले स्वास्थ्य निकायहरूको संख्यामा अभूतपूर्व बृद्धि हुने भएको छ। चालु आ.व.मा ४.२ प्रतिशत बजेट विनियोजन भएकोले थप बजेटको व्यवस्था गरिने छ र आगामी वर्षमा स्वास्थ्य बजेटलाई ८ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ। चुरोट र मदिरा जस्ता हानिकारक वस्तुहरूमा लाग्ने करमा वृद्घि गराई त्यसवाट प्राप्त हुने रकमले संविधानमा उल्लेखित स्वास्थ्यमा सवैको पहुँचलाई सुनिश्चित गर्न प्रयोग गरिनेछ। स्वास्थ्य सेवा प्रणाली सुदृढ गरि स्वास्थ्य अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउन एवं लक्ष्य अनुसारको प्रगति हासिल गर्न तदारुकताका साथ लागिने छ।
५. नेपालको संविधान, २०७२ जारी हुनु अघि घोषणा भएको नेपालको राष्ट्रिय स्वास्थ्य नीति, २०७१ का सान्दर्भिक नीति र रणनीतिहरूलाई निरन्तरता दिदै त्यसलाई नयाँ संविधान अनुरूप नयाँ स्वास्थ्य नीति, २०७४ जारी गरिने छ। स्वास्थ्य सम्बन्धी हामीले शुरु गरेको जनस्वास्थ्य⁄स्वास्थ्य ऐन, औषधि ऐन क्षयरोग लगायत विभिन्न ऐन कानुनहरू संघिय संरचना अनुकुल वनाई लागु गरिने छ। स्वास्थ्य नीति, संघियता, उपभोक्ता अधिकार, शुसासन, अनुगमन तथा मुल्यांकन गर्न उच्च स्तरिय समिति वनाई लागु गरिने छ।
६. दिगो विकास स्वास्थ्य सम्बन्धी लक्ष्यहरू प्राप्त गर्न स्वास्थ्य मन्त्रालय अहोरात्र प्रयत्नशील रहनेछ। ल्ज्क्क्, ल्ज्क्क्ष्ए को कार्यान्वयन तथा स्वास्थ्य विकास साझेदार (ज्भबतिज म्भखभयिऊभलत एबचतलभचक) संगको संयुक्त वार्षिक्र समिक्षा⁄पुनरावलोकन ९व्ब्च्० गरी प्रतिबेदनमा उल्लेख भएका कार्यक्रमहरूलाई प्राथमिकताको क्रममा राखी तदारुकताको साथ क्रियान्वयन गरिनेछ।
७. स्वास्थ्य संस्थाहरूमा दरवन्दी अनुसार स्वास्थ्यकर्मीहरू उपलब्ध गराउन वृत्ति विकासको अवसर लगायतका सुविधाका माध्यमबाट दुर्गम र चुनौतिपुर्ण क्षेत्रमा जान प्रोत्साहित गरिनेछ। यस्ता क्षेत्रहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूको कार्य क्षमताबृद्धि गर्न, गुणस्तरिय सेवा प्रदान गर्न तथा दोहोरो पे्रषण प्रणालीलाई सुदृढ बनाउन टेलीमेडिसिन सेवाद्वारा विषेशज्ञ अस्पतालहरूसंग जोडिनेछ। दरवन्दीलाई जनसंख्या, भुगोल र सेवा सापेक्ष संघिय संरचना अनुरूप  बनाईनेछ। एक चिकित्सक एक स्वास्थ्य संस्था सम्बन्धि अवधारणा बारे एकरूप समझदारी बनाउन छलफल प्रारम्भ गरिनेछ।
८. आमजनसमुदायको स्वास्थ्य सुरक्षा र विरामीहरू प्रति स्वास्थ्यकर्मिहरूले निर्वाह गर्नु पर्ने  पेशा धर्मिता  (आचारसंहिता) लाई त्यतिकै कडाई साथ लागु गरिनेछ। स्वास्थ्यकर्मिहरूको सुरक्षाको प्रत्याभुति गर्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ लाई सम्वन्धित निकायसंग समन्वय गरी कडाईका साथ लागु गरिनेछ।
९. स्वास्थ्य शुसासनलाई कडाइका साथ पालना गरिने छ। भ्रष्टाचार प्रति शुन्य सहनशीलता अपनाईने   छ। अनुगमन र मुल्याकनलाई विषेश प्राथमिकताका साथ प्रभावकारी बनाई दण्ड र पुरस्कारको न्यायोचित प्रयोग गरिनेछ। सरकारी स्वास्थ्य संस्थामा नेतृत्व एवं व्यवस्थापनको जिम्मेवारी दिदा कार्य सम्पादन करार व्यवस्था लागु गरिने छ।१० स्वास्थ्य व्यवस्थापनमा देखिएका विसंगतिलाई पारदर्शि एवं व्यवस्थित गर्ने, स्वास्थ्यकर्मीहरूको वृत्ति विकास तथा पद व्यवस्थापन कार्यलाई कर्मचारी समायोजन गर्दा उचित तथा न्यायोचित ढंगले सम्बोधन गरिने र नियुक्ति सरुवा वढुवाको प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाईनेछ।
११. औषधी खरिद र वितरणलाई व्यवस्थित “बोलपत्र केन्द्रमा र खरिद स्थानिय स्तरमा” अवधारण अन्तरगत ँचबmभ धयचप अयलतबअत, न्द्दन् एवं अन्य आवश्यक ऐन नियम अनुरूप संघिय व्यवस्था अन्तगर्तका स्थानिय तह र प्रदेशमा अधिकार सुनिश्चित तथा प्रत्यायोजन गरिने छ। हाल केन्द्रमा ७० क्षेत्रमा १० जिल्लामा २० प्रतिशत औषधी खरिद बजेट विनियोजन हँुदै आएकोमा अब स्थानिय तहमा ६०, प्रदेशमा २० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिनेछ। यसलाई स्थानीय तहको संस्थागत विकास पछि अझ विस्तार गरिनेछ।
सामान्यतया केन्दबाट भयाक्सीन, स्वास्थ्य सामाग्रीहरू तथा अति विशिष्ट स्तरका उपकरणहरूको हकमा केन्द्रवाट खरिद गर्ने र क्रमशः प्रदेश स्तरमा खरिद गर्ने व्यवस्था गरिने  छ। औषधि उपकरणको उपलब्धता, प्रयोग तथा वितरण प्रभावकारी वनाइने छ।
राज्यले प्रदान गर्ने अत्यावश्यक औषधी खरिद गर्दा नेपाल औषधी लिमिटेड, सिंहदरवार बैद्यखाना लगायतका उद्योगहरूका उत्पादनहरूलाई प्राथमिकता साथ राष्ट्रिय निःशुल्क कार्यक्रममा प्रयोग गर्ने व्यवस्था गरिने छ।  नेपाल औषधी उद्योगको क्षमतामा विस्तार गरि सबै अत्यावश्यक औषधी गुणस्तरियता सुनिश्चित गर्दै उत्पादन गर्न सहजिकरण गरिनेछ।
१२. सरकारी स्वास्थ्य संस्थाको विकास सुनिश्चित गरिनेछ। हालका पूर्वाधार पुगेका स्वास्थ्य चौकीहरू प्राथमिक स्वास्थ्य केन्द्रमा र प्राथमिक स्वास्थ्य केन्द्रहरू सामुदायिक अस्पतालमा विकसित हुने वातावरण बनाईनेछ। त्यस्तै वडाहरू भित्र भुगोल र जनसंख्याको आवश्यकताको आधारमा सामुदायिक स्वास्थ्य इकाईको विस्तार  गरिनेछ। महिला स्वास्थ्य स्वयं सेविकाहरूको सहयोगमा अ.न.मी.हरूद्वारा ति इकाईहरू संचालन हुनेछन् र तिनीहरूलाई नै क्रमशः सामुदायिक प्रजनन् स्वास्थ्य सेवा केन्द्रको रूपमा विकास गरिनेछ।
१३. समुदायमा आधारित स्वास्थ्य, पोषण तथा विकास सहकारीहरूको स्थापना स्थानिय सरकारसंगको समन्वयमा गरिने र त्यसै मार्फात समुदायका स्वास्थ्य निकायहरूमा महिला स्वयं सेविकाको भरण पोषण गर्ने नीतिलाई अघि बढाईनेछ। नेपालको स्वास्थ्य प्रणालीको चेतना तथा स्वास्थ्य प्रवर्धनमा आधारशिला बनेका महिला स्वास्थ्य स्वयं सेविकाहरूको सेवा सुविधा सामाजिक सुरक्षाको निम्ति विषेश कार्यक्रम ल्याईनेछ। सामुदायिक स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न आमा समुहहरू समेतको सहमागितामा विषेश पहल गरिनेछ।
१४. भुकम्पले क्षतिग्रस्त भएका जिल्लाहरूको स्वास्थ्य पूर्वाधार पुर्ननिर्माण गर्न हालको संरचना ९एऋग्० लाई पारदर्शि एवम् संघियता अनुरूप सुदृढिकरण गरी साझेदारको सहयोगमा स्वास्थ्य सेवा सूचारु गर्न नेपाल सरकारको लगानीमा बृद्धि गरी द्रुत गतिमा कार्यान्वयन गर्ने व्यवस्था  गरिनेछ। दुर्घटना, विपत व्यवस्थापन,महामारी लगायत व्यवस्थापनका लागि आकस्मिकोष,हवाइ एम्वुलेन्स आदिको लागि पहल लिईनेछ।
१५. नेपालका स्वास्थ्य क्षेत्रको मुख्य सबलता नै अविछिन्न जनस्वास्थ्य अभिमुखिकरण भएकोले त्यसको सम्बद्र्धन र प्रवद्र्धन गरिनेछ। चिकित्सा क्षेत्रमा देखा परेका समस्याहरूलाई हल गर्न स्वास्थ्य मन्त्रालयले विषेश कार्यदलहरू बनाई सेवाग्राहीहरूको अधिकारलाई सुनिश्चितता गर्नेछ। संवैधानिक भावना अनुरूप आर्थिक अभावका कारण कसैलाई पनि आकस्मिक सेवा लिनबाट बञ्चित नहुने व्यवस्था गर्नका लागि  एक महिना भित्र केन्द्रिय अस्पताल देखि स्थानिय अस्पतालले सो अधिकार प्रत्याभुति गर्ने योजना र त्यसको आर्थिक भार माग गरि नीतिगत व्यवस्था गरि कार्यान्वयनमा ल्याईनेछ। सरुवारोग नियन्त्रण रोकाथाम निवारण तथा निर्मुल गर्ने विभिन्न जनस्वास्थयका कार्यक्रमलाई प्राथमिकता साथ लागु गरिने छ।
१६. “प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य हक हुने” संविधानले निर्देश गरेको अधिकारलाई स्थापित गर्ने, सुरक्षित मातृत्व प्रजनन् स्वास्थ्य र नवजात शिशु स्वास्थ्य कार्यक्रममध्ये आमा सुरक्षा कार्यक्रम हाम्रै नेतृत्वमा शुरु गरेकोले थप महत्वको साथ प्रभावकारी रूपमा अघि बढाईनेछ। त्यसको लागि चिकित्सकहरू ९ःम्न्ए, म्न्इ, म्ऋज्, ब्लबभकतजभकष्ब० को उत्पादनलाई प्राथमिकता दिईनेछ भने दक्ष प्रसुति सेवा प्रशिक्षण प्राप्त नर्स मिडवाईफ्रिको संस्थामा तिब्ररूपले बेद्धि गरिनेछ। संविधान प्रदत्त बाल विकासको अधिकारलाई सुनिश्चित गर्न मन्त्रालय कटिबद्ध रहनेछ। नवजात शिशुको उपचार प्रभावकारी बनाउन ल्क्ष्ऋग् र क्ल्क्ष्ऋग् को विस्तार गरिनेछ।
१७. सर्ने रोग, महामारी र प्राकृतिक विपदहरूको रोकथाम, उपचार, नियन्त्रण, निवारण, निर्मुल र व्यवस्थापनको प्राथमिकतासंगै नसर्ने रोगहरूको रोकथाम र व्यवस्थापनमा ध्यान केन्द्रित  गरिनेछ। सबैपद्धती जस्तैः आयुर्वेद, प्राकृतिक चिकित्सा, योग, होमियोप्याथी, सोरिप्पा (आम्ची) लगायतका पद्धतीलाई एकिकृतरूपमा अगाडी  बढाईनेछ। किटाणुनाशक औषधिहरूको प्रभावकारीता कम भैरहेको ९ब्ःच्० स्थितीको सामना गर्न उपयुक्त नीति तथा कार्यक्रम ल्याईनेछ। १८. विश्वभरी नै मानसिक स्वास्थ्य सम्बन्धि सचेतना बढाउने अभियान थालिएको सन्दर्भमा नेपालमा पनि मानसिक स्वास्थ्य सम्बद्र्धनको लागि दिगो योजना ल्याईनेछ। साथै जेष्ठ नागरिकको स्वास्थ्य संरक्षण गर्न ५०% छुट दिने व्यवस्थालाई कडाईका साथ लागु गर्ने।
१९. नेपालको मौलिक स्वास्थ्य उपचारविधिको रूपमा आयुर्वेद चिकित्सा प्रणालीको सम्बद्र्धन र प्रवद्र्धनमा विषेश प्राथमिकता दिंदै आयुर्वेद नीतिका साथै अन्य विद्याका उपचार पद्धतीका नीतिहरू तयार पारी लागु गरिनेछ। आम्ची, होमियोप्याथी, प्राकृतिक र अन्य परम्परागत चिकित्सा पद्धतिहरूको संरक्षण गरी उनीहरूको गुणस्तर विकास गर्न तथा पहुँचमा जोड  दिईनेछ।
२०. प्रमाणको आधारमा स्वास्थ्य नीति तर्जुमा गर्न अनुसन्धान कार्यलाई उच्च प्राथमिकता दिईनेछ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान परिषदको क्षमता बृद्धि गर्नको साथै दायरा फराकिलो पार्दै चिकित्सा पद्धति र पेशागत विज्ञता अनुसार अन्य प्राज्ञिक संघ संस्था, प्रतिष्ठान र विश्वविद्यालयहरूलाई पनि स्वास्थ्य अनुसन्धानको लागि समन्वय गरिनेछ।
२१. नेपालको संविधान अनुरूप संघियता कार्यान्वयन एवं स्वास्थ्य क्षेत्रका प्रतिफलहरूलाई कायम राख्दै जनस्वास्थ्य क्षेत्रमा थप प्रगति उन्मुख कार्ययोजना बनाई कडाईका साथ लागु गरिने र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई दिने एवं प्रादेशिक स्वास्थ्य सेवालाई योजनाबद्धरूपमा अघि बढाउन तत्काल सात प्रदेशबाट कार्यको थालनि गरिनेछ।
२२. दुर्गम क्षेत्रमा अति विपन्न जनताहरूलाई विषेशज्ञ सेवा प्रदान गर्न हाल संचालनमा रहेका सेवाहरूको अतिरिक्त प्रतिष्ठान र मेडिकल कलेजहरूको शिक्षण जिल्लाको संख्या अभिबृद्धि गरी सेवा विस्तार गरिनेछ। कर्णाली लगायतका प्रतिष्ठानहरूको क्षमता बृद्धि गरी देशलाई आवश्यक जनशक्ति उत्पादन गरिनेछ।
२३. चिकित्सा शिक्षामा देखा परेका विकृतीहरूको सम्बन्धमा सो को सुदृढिकरणको लागि विभिन्न समयमा भएको आन्दोलन र मागहरूलाई उपयुक्त किसिमले निराकरण गर्न आवश्यक कदम अगाडि बढाईनेछ। एकिकृत चिकित्सा शिक्षा विधेयक लगायत स्वास्थ्य सेवासँग सम्बन्धित विधेयकहरू पारित गर्न महत्वपूर्ण योगदान हुनेछ।
२४. जनयुद्ध, जनआन्दोलन र मधेश लगायतका विभिन्न आन्दोलनका घाईतेहरूको उचित स्वास्थ्य सेवा र व्यवस्थापन गरिनेछ। २५. सिकलसेल एनिमिया, थालासेमिया र हेमोफिलिया लगायतका रोगहरूको अनुसन्धान तथा उपचारलाई प्राथमिकता दिईनेछ।
२६. यसभन्दा अघिका स्वास्थ्य क्षेत्रका औचित्यपूर्ण नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिईनेछ।
यी प्रतिबद्धताहरू कार्यान्वयन कहिले सम्म हुने र कुन कुन निकायको सक्रिया होलान भन्ने बिषय भने स्पष्ट देखिन्न। सार्वजनिक प्रतिबद्धता जनतापक्षमा पुग्न सकोस र जनताले राहत महसुस गर्न सकुन्।

LEAVE A REPLY