रगतको आपूर्ति बन्द गर्न रक्तदान कार्यक्रम आयोजना



कृष्णउदास खनाल,वीरगन्ज ।
वीरगंज कलेज प्र्रालिको तेश्रो वार्षिकोत्सवमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा आयोजित कार्यक्रममा ७ महिला सहित ६१ जनाले रक्तदान गरेक थिए । कलेजका संचालक दीपेन्द्र चौधरीले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो कार्यक्रममा चन्द्रिका पटेल, दर्शन केसी, विजय केशरी, नेहा केसरी, सुनिल यादव, चन्दन कुर्मि, पुजा सुवेदीलगायतले रक्रदान गर्नुभएको थियो ।

कार्यक्रम कलेजका प्राचार्य विनोद गुप्ताको प्रमुख आतिथ्यमा भएको थियो । यसरी नै राउण्ड टेबल ३ को आयोजनामा पनि आजै रक्तदान कार्यक्रम भएको छ । वीरगंजको टिवेडवाल धर्मशालमा आयोजित रक्तदान कार्यक्रममा ४ महिला २८ जनाले रक्तादान गर्नुभएको थियो ।

कार्यक्रममा सुशान्त चचानको अध्यक्षताम भएको रक्तदान कार्यक्रममा रश्मि अग्रवाल,रुची अग्रवाल,सुनिता खेतान, रौनक आरा, मनोज दास, शशिरंजन ,निरज अग्रवाल,बिशाल पटवारी,संजय पटवारी लगायतकाले रक्तदान गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा रक्तसंंचार केन्द्र्रका धिरेन्द्र झा, नितेस साह, सुनिल चौधरी, लोकेन्द्र पटेल, दीपक यादवले प्राविधिक सहयोग पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्