डोटीमा जिप दुर्घटनामा परि मृत्यु भएका ९ जनाको सनाखत

विमल विष्ट, डोटी ।
डोटीको दिपायल राजपुर बाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा ज्यान गुमाएका ९ जनाको सनाखत भएको छ । शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको होे ।

दुर्घटनामा ज्यान गुमाउनेमा चालक डोटीको शिखर नगरपालिकाका १ का कृष्ण नेगी, बोगटान गाउँपालिका–१ सिमचौरका ३५ वर्षका विष्णुबहादुर मगर, ५० वर्षका बुढो घर्ती मगर, ४५ वर्षका गोरखबहादुर थापा मगर, ४५ वर्षकी ललितादेवी पुन मगर तथा ४८ वर्षका शशिराम पुन मगर रहेको प्रहरीले जनाएको छ ।

यस्तै सिमचौरकै ४० वर्षका टेकबहादुर पुन मगर, ३० वर्षका चन्द्रबहादुर घर्ती मगर र ५५ वर्षका भीमबहादुर घर्ती मगरको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दिल्लीराज विष्टले बतानु भयो । उहाँका अनुसार शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् भने तिन जना सामान्य घाइते भएको तथा दुर्घटनामा परी गम्भिर घाईते हुनेहरुमा सिमिचौरकै दलबहादुर पुनमगर, हर्कबहादुर घर्तिमगर,बिरबहादुर घर्ति मगर तथा प्रकास घर्तिमगर रहेका छन् । घाईतेहरुको दिपायल स्थित सुजंग अस्पतालमा उपचार भईरहेको छ । जीप कच्ची सडकबाट करिब साढे चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । निरन्तर पानी परेको र कच्ची सडक भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्