नेपाल प्रहरीका ११ डिआइजी एआइजीमा बढुवा,को-को भए बढुवा ?



नेपाल समाचारपत्र,काठमाडौ ।

सरकारले नेपाल प्रहरीका ११ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवाको बाटो खुलेको थियो ।

एआईजीमा बढुवा हुनेहररु

बमबहादुर भण्डारी

जयबहादुर चन्द

देबेन्द्र सुवेदी

पशुपति उपाध्यक्ष

केशरीराज घिमिरे

माधवप्रसाद जोशी

विजयलाल कायस्थ

कमल सिंह बम

मिङमार लामा

रणबहादुर चन्द

विजयकुमार भट्ट

बम र चन्द आईजीपीका दाबेदार थिए । चन्दलाई त प्रचण्ड सरकारले प्रहरी प्रमुख नियुक्त पनि गरेको थियो । तर, सर्वोच्चले उनको नियुक्त खारेज गरेपछि प्रकाश अर्याल प्रहरी भएका हुन्।

आईजीपीको दाबी गर्दै सर्वोच्च अदालत गएका डीआईजी नवराज सिलवाल भने बढुवा सिफारिसमै परेनन् ।

प्रतिक्रिया दिनुहोस्