मकवानपुर जिसस निर्वाचन, एमाले एक्लै, कांग्रेस/माओवादी संयुक्त



हेटौंडा,(नेस) । साउन २३ गते हुने जिल्ला समन्वय समितिमकवानपुरको निर्वाचनकालागि ३ दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाएमालेलेएक्लै तथाकांग्रेस र माओवादीले संयुक्तउम्मेदवारी दर्ता गरेकाहुन् ।

एमालेले अध्यक्ष र उपाध्यक्षसहित७ सदस्यको उम्मेदवारी दर्ता गराएको छ । जिल्ला समन्वय समितिमाएमालेले सबै पदमाप्यानलउम्मेदवारी दर्ता गराएको हो । केन्द्रीयनिर्देशनअनुसार एमालेले जिल्ला समन्वय समितिअध्यक्ष र उपाध्यक्षमाक्रमशः रघुनाथ खुलाल र भगवती पुडासैनीको उम्मेदवारी दर्ता गराएको हो । सात सदस्यमा देवराज रिमाल, गणेशकुमारी प्रधान, सीताअधिकारी, बुद्धिबहादुर मोक्तान, सानीकान्छी स्याङ्तान र सरिताबिकले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालीकांग्रेसबाट अध्यक्षमा कृष्णप्रसाददाहाल, सदस्यमा सुवातसिं थिङ, सावित्री घिमिरे, मैयाकुमारी गोले र राधिका सुनारले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रबाट उपाध्यक्षमाविजयकुमार ब्लोन, सदस्यमा रुपचन्द्र गोपाली, गोमागोतामे र लीलाकुमारी बिकले उम्मेदवारी दर्ता गराएका छन् ।

२० मतदाता रहेको मकवानपुरमाएमालेको १४ जना रहेकाले एमालेले एकलौटीरुपमा समन्वय समितिमाकब्जाजमाउने निश्चित छ । कांग्रेसको ४ र माओवादीको २ भोट छ ।

मनोनयनदर्ता गराउनदलहरु ¥यालीसहितनिर्वाचनकार्यालय रहेको जिल्ला समन्वय समितिभवनपुगेकाथिए । मुख्यनिर्वाचनअधिकृत दयाराम ढकालसमक्ष उम्मेदवारी दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्