भरतपुर १९ मा शुक्रबार मतदान



चितवन, (नेस)
भरतपुर महानगरपालिका–१९ मा यही साउन २० गते शुक्रबार पुनः मतदान हुने भएको छ।

मंगलबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनले जनाएको छ।

सो कार्यालयका अनुसार सो निर्वाचनका लागि आजदेखि मौन अवधि शुरू हुनेछ। निर्वाचनका लागि आवश्यक जनशक्ति तयार पारिसकिएको कार्यालयले जनाएको छ। गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो।

यही साउन १५ गते सर्वोच्च अदालतले उक्त वडामा पुनः मतदान गर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेको हो। उक्त वडाको विवादित मतपत्र मंगलबार जलाएर नष्ट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्