मकवानपुरमा स्क्रब टाइफसका ४४ बिरामी



नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरमा स्क्रब टाइफसका बिरामी देखिएका छन् । जिल्लाजनस्वास्थ्यकार्यालयकाअनुुसार स्क्रब टाइफसका ४४ बिरामी फेला परेकाहुन् ।

हेटौंडाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ४४ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको जनस्वास्थ्यप्रमुख रामचन्द्र पाठकले जानकारी दिए । उनकाअनुसार हेटांैडा अस्पतालमा ३ जना, हेटौंडा सिटी अस्पतालमा १ र हेटांैडा सामुदायिक अस्पतालमा स्क्रब टाइफसका ४० जना बिरामीउपचारकालागिआएका छन् । गतवर्ष १५ जनामा देखिएको यो रोगको संक्रमण यस वर्ष बढेको  छ ।

स्क्रब टाइफस संक्रमणपछि बिरामीको शारीरिक अवस्था र प्रतिरक्षाअवस्थाकमजोर हुने भएकाले अन्य रोगको संक्रमण पनि देखिने गर्दछ । साउनदेखि कार्तिकसम्म स्क्रब टाइफसको जोखिमअत्यन्त बढी हुन्छ । यो चार महिनाअत्यन्त सतर्क हुन जरुरी छ । साउनदेखि कार्तिकसम्म स्क्रब टाइफस रोग सार्ने कीर्नाले आक्रमण गर्छ ।

यो समयमापानी, तापक्रम र आद्र्रताको प्रभाव हुन्छ । त्यसैले यो समयमा बढी स्क्रब टाइफसको जोखिम बढेर जान्छ । जिल्लाजनस्वास्थ्यकार्यालयले साउनदेखि कार्तिकसम्म सतर्क रहनअपिल गरेको छ । स्क्रब टाइफसको मात्रहोइन, डेंगुको प्रकोप पनि यो समयमा बढी देखिन्छ । यो समय त रोगको सिजनहो । यतिबेलाविभिन्न रोगसँग सर्तक रहन जरुरी रहेको चिकित्सकको सुझाव छ ।

‘माइट’नामको कीर्नाले मानिसलाई टोकेपछि स्क्रब टाइफस लाग्छ । यो जुम्राजस्तै सूक्ष्म हुन्छ । नांगो आँखाले यसलाई देख्न मुस्किल पर्छ । यो प्रायः मुसाको कानमा बस्छ । जंगलको अग्ला खरको घाँसमा यो कीर्ना पाइन्छ । मानिसलाई घाँस काट्न जाँदा यो कीर्नाले टोकेर स्क्रब टाइफस लागेको पाइएको छ ।

टाउको दुख्ने, ज्यादाज्वरो आउने, गर्धन र घाँटीवरिपरि मसिनाबिमिरा आउने स्क्रब टाइफसका प्रमुख लक्षण हुन् । यो रोग अघिल्लो वर्षदेखि देखिनथालेको हो । नेपालमा सबभन्दापहिला यो रोग चितवनमा देखिएको हो । स्क्रब टाइफस सामान्य रोग हो, ज्वरो आउनसाथ सम्बन्धितचिकित्सकसँगजाँच गराए यसबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्